A Levels MA

५ वटा नमूना विद्यालय बनाउँदै विराटनगर महानगरपालिका

फोटाः नेत्रप्रसाद अधिकारी

महानगरपालिकाले ५ वटा विद्यालय नमूना बनाउँदै छ । जसका लागि १ करोड २५ लाख बजेट विनियोजन गरिएको छ । सत्यनारायण मावि, गोग्राहा मावि, राधाकृष्ण मावि, मदर्शा अस्रफिया इजाराहुल उलम र विराट बहिरा माविलाई नमूना विद्यालय बनाइदैछ ।

शैक्षिक गुणस्तर सुधार, विद्यालयको  स्तरोन्नति, विद्यार्थीलाई नैतिक शिक्षा, योगा लगायतका विषय नमूना विद्यालयमा समेटिएको छ । विद्यालयको भौतिक, शैक्षिक, व्यवस्थापकीय विकासका लागि न्युनतम मापदण्ड निर्माणगरि क्रमागत रुपमा ३ वर्ष भित्रमा सवै सामुदायिक विद्यालयको  स्तरोन्नति गर्ने महानगरपालिकाले जनाएको छ ।

अंग्रेजी माध्यमबाट शिक्षण सिकाईको व्यवस्थापन गर्न विद्यालयलाई प्रोत्साहन गरिने र प्राथमिक तहको अन्त्यमा र आधारभुत तहको अन्त्यमा सिकाईको स्तर मापनको रुपमा नगर स्तरिय परीक्षा सञ्चालन गरिने नीति महानगरले लिएको छ ।

मेयरको पारिश्रमिक २ आधारभूत विद्यालयलाई

विराटनगर १ र १९ को दुईवटा आधारभूत विद्यालयलाई मेयर भीम पराजुलीले आफ्ना पारिश्रमिक तथा भत्ता बापतको रकम प्रदान गरेका छन् । सयपत्री आधारभूत विद्यालय र जागृती आधारभूत विद्यालयलाई पारिश्रमिक बापतको रकम हस्तान्तरण गरिएको मेयरका प्रेस संयोजक कौशल निरौलाले बताए ।

उनका अनुशार जागृती आधारभूत विद्यालयको कम्पाउण्ड वाल, रङरोगन, फर्निचर लगायतका लागि ५ लाख र जागृती आधारभूत विद्यालयको स्तरोन्नतिका लागि ३ लाख ५० हजार बराबरको सहयोग प्रदान गरेका छन् ।

धार्मिक विद्यालयको संरक्षण गरिने

विराटनगर महानगरपालिकाले धार्मिक विद्यालयको संरक्षणमा विशेष जोड दिने भएको छ । महानगर भित्र २० वटा विद्यालय धार्मिक छन् । जसमा गुरुकुल, मदर्शा र गुम्बा रहेका छन् । धार्मिक विद्यालयलाई शैक्षिक मूलप्रवाहमा समाहीकरण गर्न भौतिक, शैक्षिक र व्यवस्थापनमा सुधार गरी आवश्यक विकास र संरक्षण गर्ने महानगरको नीति रहेको नगर शिक्षा अधिकारी खतिवडाले बताए ।

स्थानीय पाठ्यक्रम बनाउँदै विराटनगर महानगरपालिका

विराटनगर महानगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण शुरु गरेको छ । शिक्षा ऐन २०७६ जारी गरिसकेको महानगरपालिका अहिले पाठ्यक्रम निर्माणमा जुटेको हो ।

स्थानीय ऐतिहासिक तथा सांस्कृतिक पहिचान, धर्म, कला, संस्कृत, भाषा तथा भेषभुषा, पर्यटन तथा वातावरण विकास र प्रकोप व्यवस्थापन नैतिक शिक्षा व्यवहार, कुशल अनुशासन जस्ता विषयलाई स्थानीय पाठ्यक्रम निर्माणमा विशेष जोड दिने नीति महानगरले ल्याएको छ ।

चालु आर्थिक वर्ष भित्रमै कार्यान्वयनमा ल्याउने तयारी सहित पाठ्यक्रम निर्माण शुरु गरिएको नगर शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडाले बताए ।

४३ ओटा नयाँ कार्यक्रम

विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि ४३ वटा नयाँ कार्यक्रम तय गरेको छ । जुन स्थानीय स्तरका लागि नौला कार्यक्रम रहेका छन् । नगर शिक्षा योजना निर्माण, सामुदायिक विद्यालयको वृतचित्र निर्माण, सिकाईलाई आईसीटीमैत्री बनाउने, विद्यालय नियमित नआउने १ हजार बालबालिकाका लागि टिफिन कार्यक्रम, विद्यालयलाई नतिजामा आधारित प्रोत्साहन गरिने, एसईईमा उत्कृष्ट अंक ल्याई विराटनगरमा पढ्ने विद्यार्थीलाई मेयर छात्रवृत्ति कार्यक्रम, नगर विद्यार्थी विशेष प्रतिभा पहिचान (पहिचान प्रोत्साहन) कार्यक्रम चालु आर्थिक वर्षमा गरिने नगर शिक्षा अधिकारी खतिवडाले बताए । महानगरपालिकाले आइसीटीयुक्त बालमैत्री विद्यालय बनाउनेका लागि डेल्टासँगको सहकार्यमा भर्चुअल शिक्षा अंगे्रजी विषय अनलाईनबाट पढाउने काम पनि अहिले गरिरहेको छ । अंग्रेजी माध्यममा पठन पाठन सुरु गरेपनि सिकाई स्तर न्यून भएका विद्यालयका शिक्षकलाई अंग्रेजी विषयको तालिम यस वर्ष गरिने खतिवडाले बताए । शिक्षकको मूल्याङ्कन प्रणालीलाई सूचकमा आधारित बनाई राम्रो काम गर्ने दक्ष शिक्षकलाई महानगर शिक्षक सम्मानको रुपमा पुरस्कृत गरिने उनले बताए ।

शिक्षामा ७ करोड ६९ लाख

विराटनगर महानगरपालिकाले शिक्षा क्षेत्रका लागि ७ करोड ६९ लाख बराबरको बजेट विनियोजन गरेको छ । चालु आर्थिक बर्षका लागि महानगरको कुल बजेट ५ अर्व १२ करोड ३० लाख रहेको छ । महानगरपालिकालाई संघीय सरकारले शिक्षा तर्फ शशर्त अनुदान ३५ करोड बजेट दिएको छ । जसमा तलव, छात्रवृत्ति लगायत समावेश छ । भौतिक निर्माणमा शौचालय ३ वटा, रेट्रो फिटिङ १ र १ ल्याव व्यवस्थापन भनेर ४६ लाख विनियोजन गरेको छ । नयाँ कार्यक्रम कुनै पनि समेटिएको छैन । महानगरको बजेटबाट विद्यालयको भौतिक निर्माणमा ३ करोड रकम छुट्याईएको छ ।

विराटनगर महानगरपालिकाका शिक्षण संस्था

क्र.स.                    

शिक्षण संस्था

संख्या

०१                          

सामुदायिक विद्यालय

५५

०२

मदर्शा÷गुरुकुल

२०

०३

अध्ययन केन्द्र

०४

खुल्ला विद्यालय

०५

श्रोत कक्षा

०६

विशेष विद्यालय (बहिरा मावि)

०७

संस्थागत विद्यालय

१०५

 

जम्मा

१९४

 

Thuprai - Books and E-books