A Levels MA

भरतपुर महानगरपालिकाले विद्यालय प्रशासन बन्द नगर्ने

 भरतपुर महानगरपालिकाले विद्यालय प्रशासनको काम यथावत राख्ने भएको छ । महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आज एक विज्ञप्ति प्रकासित गरी सबै विद्यालयलाई कोरोना भाइरस (कोभिड १९) को संभावित संक्रमणको जोखिमलाई मध्यनजर  गर्दै हाललाई विद्यालय प्रशासन बन्द नगर्ने जनाएको हो ।

महानगरले विद्यालय प्रशासन बन्द नगर्ने र प्रधानाध्यापकले विद्यालय व्यवस्थापन समितिसँगको समन्वयमा पूर्व सावधानी र सतर्कतासहित शिक्षकहरुको आन्तरिक व्यवस्थापन गरी वार्षिक परीक्षाको उत्तरपुस्तिका परीक्षण तथा अन्य शैक्षणिक सुधारका मुलभूत कार्यहरु व्यवस्थित गर्ने गराउने भएको छ ।

‘विद्यालय नजिकै घर भएका शिक्षकले पूर्व सावधानीका साथ विद्यालयमा नै कापी परीक्षण तथा अन्य कार्य सञ्चालन गर्ने र टाढा घर भएकाले घरैबाट प्रशासनिका  काम सञ्चालन गर्नेछन् ।’ शाखा अधिकृत रुद्र शर्माले भने, ‘प्रधानमन्त्रीको सम्बोधनमा  पनि सरकारी कार्यालय बन्द गर्ने नभनिएको हुँदा विद्यालय खोल्ने निर्णय गरेका हौं ।

तर नेपाल सरकार, वागमती प्रदेश सरकार तथा नगर कार्यपालिकाबाट कुनै निर्णय भएमा सोही बमोजिम हुने शाखा अधिकृत शर्माले बताए ।

Thuprai - Books and E-books