विश्वविद्यालय अनुदान आयोगको जरुरी सूचना राष्ट्रिय शिक्षा दिवशको उपलक्ष्यमा प्रदान गरिने पदक तथा छात्रवृत्ति सम्बन्धि निर्देशिका, २०७१ अनुसार राष्ट्रिय शिक्षा दिवश २०७६ मा पुरस्कृत गर्न उत्कृष्ट क्याम्पस छनौटका लागि सूचना प्रकाशित गरिएको छ ।
पुरस्कारका लागि नेपालमा स्थापित मान्यता प्राप्त विश्वविद्यालयहरुको आंङ्गिक क्याम्पसका साथै विश्वविद्यालयहरुबाट सम्बन्धन लिई सञ्चालनमा रहेका सामूदायिक र निजी (प्राइभेट) क्याम्पसहरुले आ-आफ्नो दाबी सहित तोकिएको प्रक्रिया, मापदण्ड र ढाँचामा मिति २०७६ साउन ३० गते (कार्यालय समयभित्र) आइपुग्ने गरी यस आयोग समक्ष आवेदन दिनुपर्नेछ । आवेदन फारम तथा छनौटको मापदण्ड र अङ्ग सम्बन्धि विबरण आयोगको Website: www.ugcnepal.edu.np बाट डाउनलोड गरी वा कार्यालय समयभित्र सोझै कार्यालयमा सम्पर्क गरी लिन सकिनेछ ।
थप जानकारीका लागि राष्ट्रिय शिक्षा दिवशको उपलक्ष्यमा प्रदान गरिने पदक तथा छात्रावृत्ति सम्बन्धि निर्देशिका, २०७१' अध्ययन गर्न तथा आयोगको प्रशासन महाशाखामा सम्पर्क गर्नुहुन अनुरोध छ । एकपटक उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत भइसकेको क्याम्पसले सोको पाँच बर्ष पुरा नभई यस प्रक्रियामा पुन : सामेल हुन नपाउने जानकारी गराउँदै म्याद नाघी, रीत नपुगी, तोकिएको प्रक्रिया, मापदण्ड र ढाँचा बाहिर रही तथा माग गरिएका आवश्यक प्रमाणहरुबिना आएका निवेदन उपर कुनै कार्यवाही गर्न आयोग बाध्य नहुने व्यहोरा यसै सूचनामार्फत सम्बन्धित सबै सरोकारवालाहरुमा अवगत गराइन्छ ।
पुरस्कृत गरिने क्याम्पसहरु :
(१) आङ्गिक क्याम्पस - १
(२) सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस - १
(३) सम्बन्धन प्राप्त निजी (प्राइभेट) क्याम्पस - १
थप जानकारीका लागि
विश्वविद्यालय अनुदान आयोग
सानोठिमी, भक्तपुर, नेपाल
फोन : ०१-६६३८५४८/४९/५०/५१,
इमेल : bestcampus@ugcnepal.edu.np