After SEE Portal

काठमाडौँ बर्नहार्ट स्कूल, बल्खुले लकडाउनको समयमा अनलाइन कक्षा संचालन गर्ने

Bridge Course

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसका कारण सम्पूर्ण प्रणालीहरूठप्प परिरहेको समयमा सम्पूर्ण विद्यालयहरू पनि उही अवस्थामा गुज्रिरहेको तथ्य हामीसंग यथावत नै छ । कोरोना महामारीका कारण सिर्जित बन्दाबन्दीको परिस्थितिमा पनि विद्यार्थीहरूको पठनपाठनलाई सुचारु राखी उनीहरूको सिकाइलाई प्रविधिको सहयोगले विद्यार्थीहरूको सिकाईलाई कायम नै राख्न बल्खुस्थित काठमाडौँ बर्नहार्ट माध्यमिक विद्यालयले ईलर्निंग र भर्चुअल क्लास मार्फत पठनपाठनलाई अगाडी बढाउने भएको छ । कक्षा ११ र कक्षा १२ का विद्यार्थीहरूको विद्यालय अन्तर्गत हुने आन्तरिक परीक्षाहरू सकेको अवस्था र कक्षा १२ का विद्यार्थीहरू राष्ट्रिय परीक्षा बोर्डको परीक्षाको तैयारीमा रहेकोले हाल उपलब्ध गराईने अनलाइन ईलर्निंग कक्षाहरू कक्षा १० सम्मका विद्यार्थीहरूका निमित्त संचालन हुन लागेको हो | विद्यार्थीहरूको सिकाईलाई नयाँ ढङ्गले प्रोत्साहन गर्न सकिने भएकोले यस प्रकारको प्रविधि प्रयोगलाई उपयोगमा ल्याउन लागेको विद्यालयले जनाएको छ । प्रविधिको प्रयोगबाट कक्षा संचालन गर्नकालागि विद्यालयले शिक्षक तथा विद्यार्थीहरूलाई कक्षा सञ्चालनसंग सम्बन्धी प्रशिक्षण र विद्यार्थीहरूलाई परीक्षण कक्षाहरू पनि दिइसकेको छ । 

दैनिक समयतालिका बनाइ बैशाख १४ गतेबाट विद्यालयले विषयगत पढाई पनि शुरु गर्दैछ । विद्यालयले शुरु गर्ने भर्चुअल कक्षालाई थप प्रभावकारी बनाउन विद्यालयले छुट्टै वेभसाइट तयार गरी ईलर्निंगबाट समेत विद्यार्थीहरूलाई नियमितरूपमा वर्कसिट, असाईन्टमेन्टहरू उपलब्ध गराउने छ । यस प्रकारको प्रयोगबाट विद्यार्थीहरूको सिकाईलाई दोहोरो फाईदा हुने छ भन्ने कुरामा विद्यालयका प्राचार्य नबराज अधिकारीले बताउनु भयो । प्रविधिको उच्चतम विकास भैरहेको आजको अवस्थामा भाइवर ग्रुप, मेसेन्जर ग्रुप, व्यक्तिगत ईमेल, जुम तथा अन्य उपलब्ध रहेका प्रविधिहरूको व्यवहारिकरुपमा समुचित प्रयोग गरी अनिश्चितकालीन लकडाउनको अवधिभरि विषयगत शिक्षक शिक्षिकाहरू तथा विद्यार्थीहरूसंग नियमित सम्पर्कमा रहेर यस प्रकारको कक्षाहरू संचालनमा रहने कुरा प्राचार्य अधिकारीले बताउनुभयो ।

A Levels MA
Thuprai - Books and E-books