Bachelors Portal

मध्यपश्चिमाञ्चल विश्वविद्यालय बीए.एल.एल.बी. कार्यक्रम

मध्यपश्चिमाञ्चल विश्वविद्यालय कानून संकाय अन्तर्गत बीए.एल.एल.बी. कार्यक्रमको वीरेन्द्रनगर,सुर्खेतमा आज (सोमबार) एक समारोहका बीच औपचारिक शुभारम्भ भएको छ । यसै शैक्षिक सत्रबाट पहिलोपटक आरम्भ भएको सो कार्यक्रमको उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले मैनबत्ती बालेर समुद्घाटन गर्नुभएको हो ।
प्रथम ब्याचमा भर्ना भएका विद्यार्थी तथा कानून ब्यवसायी सहित सरोकारवालाको उपस्थितिमा उद्घाटित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा.डा.कोइरालाले समाजमा कानून शिक्षाको अपरिहार्यतालाई बोध गर्दै यसको सुरुवात गरेको बताउनुभयो | ब्यबहारिक जीवनयापनका क्रममा ज्ञानको प्राप्ति एवम् विचार निर्माणका लागि कानून र अनुसन्धान प्रमुख स्रोत भएको उल्लेख गर्दै उहाँले मुलुकको माटोप्रति धिक्कार होइन गौरव गर्न सक्ने जनशक्ति बन्न नवआगन्तुक विद्यार्थीहरुलाई शुभकामना दिनुभयो |

विद्यार्थीहरु आफ्नो उद्देश्यमा सफल हुने अचूक अस्त्र अनुशासन भएको प्रसंग जोड्दै उपकुलपति प्रा.डा.कोइरालाले कानूनको अध्ययनलाई महत्वपूर्ण अवसरका रुपमा ग्रहण गरी सफलता प्राप्तिमा समर्पित बन्न प्रेरित गर्नुभयो |

सुर्खेत स्थित महिला विकास प्रशिक्षण केन्द्रमा सम्पन्न अभिमुखीकरण समुद्घाटन कार्यक्रममा वरिष्ठ अधिवक्ता भुषणकुमार मानन्धर,कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धर,अधिवक्ता ध्रुवकुमार श्रेष्ठ,उच्च वार एसोसिएसनका अध्यक्ष अधिवक्ता उत्तम आचार्य,मध्यपश्चिमाञ्चल विश्वविद्यालय ब्यबस्थापन संकायका डीन डा.मस्तबहादुर गरंजा,मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्रा.खोपिराम लम्साल,अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा.दीपबहादुर रावल,पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक सह-प्रा.लिलाधर तिवारी,परीक्षा ब्यबस्थापन प्रमुख सह-प्रा.आनन्द प्रसाद सुवेदी, मानविकी तथा सामाजिक शास्त्र केन्द्रीय क्याम्पसका निमित्त क्याम्पस प्रमुख वेदप्रकाश ढकाल,अधिवक्ताद्वय रमा पोखरेल र मातृका खनाल लगायतको उपस्थिति रहेको थियो । बोल्ने सबै वक्ताहरुले कानून विषयको अनिवार्यता एवम् महत्वमाथि जोड दिएका थिए ।

बीए.एल.एल.बी. कार्यक्रमका निर्देशक सह-प्रा.अर्जुनबहादुर अयडीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन उपप्राध्यापक नारायणनाथ योगीले गर्नुभएको थियो ।

Thuprai - Books and E-books