एनसेल आजियाटा लिमिटेडले पुल्चोक क्याम्पसमा अध्ययनरत १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति तथा सम्मान प्रदान गरेको छ ।
आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसका सिभिल, ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल ईन्जिनियरिङ्ग संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा सम्मान गरेको हो । हरेक विद्यार्थीलाई रु लाखको छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
२०७९ का लागि १८ वटा शीर्षक अन्तर्गत पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्षको परीक्षाको नतिजाका आधारमा छात्रवृत्ति प्रदान गरिएको हो । साथै उत्कृष्ट नतिजा ल्याई यी पाँच संकायबाट स्नातक उतीर्ण गरेका ६ जना विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरेको एनसेलद्वरा आज जारी गरिएको सूचनामाउल्लेख गरिएको छ ।
२०७१ साल देखि एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गर्दै आएको छ । छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्ने उद्देश्य राखेको छ ।
कुल १८ जना मध्ये पाँचओटै संकायका एक सर्वेत्कृष्ट चार जना छात्राहरूले यो छात्रवृत्ति पाउँदै आएको छन् । भने, पाँच संकायकै सर्वोत्कृष्ट नतिजा सहित स्नातक तह पुरा गरेका प्रत्येक संकायका १–१ जना र यी पाँचै संकायका छात्राहरू मध्येबाट सर्वोत्कृष्ट एक छात्राले उत्कृष्टता सम्मान प्राप्त गर्दछ ।