
असोज १४ गते बसेको मदन पुरस्कार गुठीको साधारण सभाले विवेक ओझालाई मदन पुरस्कार र टेकवीर मुखियालाई वर्ष २०७८ सालको जगदम्बा(श्री पुरस्कार दिने निर्णय गरेको छ । बैठकले २०७९ सालमा प्रकाशित पुस्तकहरूमध्ये ऐँठन पुस्तकलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

गुठीमा प्राप्त ३१३ पुस्तकहरूमध्येबाट पाँच पुस्तकहरू क्रमशः इजोरिया (सुबिन भट्टराई), ऐँठन (विवेक ओझा), चक्रव्यूहमा नेपालको जलस्रोत (द्वारिकानाथ ढुङ्गेल), थाङ्ग्रा (प्रगति राई) र माटाको घर (सञ्जय विष्ट) ‘मदन पुरस्कार श्रेष्ठ सूची २०७९’ का निम्ति छनौट भएका थिए।
२०१२ सालमा स्थापित मदन पुरस्कार पहिलोपल्ट विस २०१३ मा गद्य विधामा सत्यमोहन जोशीको हाम्रो लोक संस्कृति, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपाल तथा विज्ञान विधामा बलराम जोशीको अधिकविभव स्थिरविद्युत् उत्पादक पुस्तकलाई मदन पुरस्कार प्रदान गरेको थियो।
२०४५ सालमा रानी जगदम्बाको निधनपछि उनको सम्झनास्वरूप जगदम्बा(श्री पुरस्कारको स्थापना गरिएको हो। यो सम्मान पहिलोपटक नारायण गोपाललाई प्रदान गरिएको थियो।
नेपाल तथा नेपालबाहिरबाट नेपाली भाषामा प्रकाशित पुस्तकहरूमध्येबाट एक पुस्तकलाई मदन पुरस्कार तथा विभिन्न माध्यमबाट नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति र संस्थालाई जगदम्बा–श्री प्रदानअर्पण गरिन्छ।



