After SEE Portal

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष माथि आक्रमण

Bridge Course

चिकित्सा शिक्षा आयोगका उपाध्‍यक्ष प्राडा श्रीकृष्ण गिरी माथि आज सांघातिक आक्रमण भएको छ । अज्ञात समूहले आज बिहान ११ बजे काँडाघारीबाट अफिसतर्फ जाँदैगर्दा गाडीमा ढुंगा प्रहार गरी आक्रमण गरेका हुन् । 

आक्रमणबाट  मानवीय क्षति नभए पनि उपाध्यक्ष गिरी चढ्ने गाडीको पछाडिभागको सीसा फुटेको  आयोले एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

उक्त आक्रमणको घटनाको आयोगले विरोध जनाउँदै संलग्‍नमाथि कारबाहीको माग गरेको छ ।

‘ राष्ट्रिय चिकित्सा ऐन तथा नियमावलीको प्रावधानभित्र रहेर निष्पक्ष र निष्ठापूर्वक उच्च मनोबलका साथ सेवा प्रवाह गरिरहेको अवस्थामा यस प्रकारको जघन्‍य घटनाको आयोग घोर भर्त्सना गर्दछ । साथै उक्त कार्यमा संलग्न व्‍यक्तिरसमूहको पहिचान गरी कडा भन्दा कडा कारबाही गर्न आयोग नेपाल सरकार समक्ष अनुरोध गर्दछ’ विज्ञप्तिमा उल्लेख छ ।

A Levels MA
Thuprai - Books and E-books