गाउँमा माध्यमिक विद्यालय नहुँदा बालबालिकाको पढ्ने सपना अधुरै

पढेर आफ्नो खुट्टामा उभिने सपना अधुरै रह्यो, अहिले परम्परागत कृषिमा अल्झिएको छु कोरोना नियन्त्रणमा आएपछि विदेश जाने योजनामा छु ।

सहर तथा सुगम गाउँका विद्यालय कोभिडको कारण खोल्न पाइएन, बालबालिका विद्यालय जानबाट बञ्चित भए, शैक्षिक सत्र खेर गयो जस्ता चर्का र लोकप्रिय नाराले अहिले शैक्षिक जगत चिन्तामा छ । तर, नेपाल भित्रै वर्सैदेखि यो भन्दा विकाराल समस्या झेलिरहेका बालबालिकाको विद्यालय शिक्षाका बारेमा अहिले सम्म कसैले सुन्न सकेका छैनन् ।

बागलुङको गलकोट नगरपालिका वडा नम्बर १० का बालबालिका कष्टपूर्ण तरिकाले विद्यालय तहको शिक्षा आर्जन गरिरहँदा पनि सम्बन्धित निकायको ध्यानाकर्षण हुन नसकेको स्थानीयहरू बताउँछन् । गाउँमा माध्यमिक तह सञ्चालन भएको विद्यालय नहुँदा अधिकांश बालबालिकाले बिचैमा पढाइ छोड्नु पर्ने बाध्यता रहेको अभिभावकको गुनासो छ ।

गलकोट १० रमुवाका बालबालिकाहरू कक्षा १० सम्म अध्ययन गर्नका लागि घरै छोडेर बासबस्नु पर्ने बाध्यात्मक अवस्था छ । गाउँमा आधारभूत तहसम्म मात्र पढाइ हुन्छ । आफ्नै वडा भित्र मावि सञ्चालन गर्न सम्बन्धित निकायले ठोस कदम चाल्न नसक्दा वर्सैदेखि बालबालिका विद्यालय शिक्षाबाट बञ्चित हुँदै आएका छन् ।

 

गाउँमा आधारभूत तहसम्म मात्र पठनपाठन हुन्छ । यो भन्दा माथिको अध्ययन गर्न आर्थिक अवस्था कमजोर भएका र छात्रा धेरैले बिचैमा पढाइ छोड्ने गरेको स्थानीय बसन्ती काउचा बताउँछिन् । ‘रमुवा नजिकको पाण्डवखानी माध्यमिक विद्यालय पुग्न करिब तीन घण्टा पैदल हिड्नुपर्छ’, काउछाले थपिन््, ‘कक्षा ९—१० मा पढ्ने बालबालिकाले दैनिक ६ घण्टा हिड्न सम्भव छैन, त्यसैले घर छोडेर पढ्न आर्थिक अवस्था कमजोर भएका र धेरै छात्राले विद्यालय शिक्षा पुरा गर्न सक्दैनन् ।’

९ देखि १२ कक्षासम्म अध्ययनरत रमुवाका २० भन्दा बढी बालबालिका पाण्डवखानी माध्यमिक विद्यालयमा गएर पढ्छन् । अधिकांश स्थानीय आफन्तकहाँ बसेर अध्ययन गर्दै आएका छन् । भने, केही विद्यार्थी दैनिक ६ घण्टा हिडेर नै पढ्दै आएकाछन् ।

सोही वडाका २१ वर्षीय राजेश विकले चार वर्षअघि स्थानीय विद्यालयमा कक्षा ८ मात्रै अध्ययन गरेर पढ्न छोडे । पारिवारिक अवस्थाका कारण उनले घर छोडेर पढ्न सकेनन् । ‘गाउँमा विद्यालय भएन, बास बसेर अध्ययन गर्दा धेरै खर्च लाग्ने भएपछि विद्यालय छोड्नुपर्ने बाध्यता भयो ।’ विक भन्छन्, ‘पढेर आफ्नो खुट्टामा उरमुवालाई माध्यमिक विद्यालय बनाउन केले रोक्यो ? भूगोल, जनसंख्या की पहुँच ?’ भिने सपना अधुरै रह्यो, अहिले परम्परागत कृषिमा अल्झिएको छु कोरोना नियन्त्रणमा आएपछि विदेश जाने योजनामा छु ।’

आफ्नो गाउँमा विद्यालय नहुँदा बाहिर बसेर पढ्न धेरै कठिन हुने सोही वडा स्थायी घर भइपाण्डवखानी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत ईश्वर क्षत्रीले बताए । ‘आफूलाई राम्ररी खाना पकाउन पनि आउँदैन, खर्च पनि धेरै लाग्छ । ’ उनी थप्छन्, ‘विद्यालय पढ्दा नै धेरै खर्च भएपछि माथिल्लो कक्षा बुबाआमाले कसरी पढाउनु होला ? पैसा कहाँबाट जुटाउनु होला भन्ने चिन्ताले सताउन थालेको छ । यो भन्दा बढी चिन्ता त पढाइनै छुट्ने हो कि भन्ने छ ।’

क्षेत्री जस्तै डेराबसेर प्रेमबहादुर श्रीस, चन्द्रा पटेलसहित रमुवाका २२ बालबालिकापाण्डवखानी माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका छन् ।

रमुवालाई माध्यमिक विद्यालय बनाउन केले रोक्यो ? भूगोल, जनसंख्या की पहुँच ? यी तीन तत्व कारक भए यहाँका जनताले माध्यमिक तहसम्म निःशुल्क शिक्षा पाउने मौलिक अधिकारको कार्यान्वयव खै त ?

विसं २०३३ मा स्थापना भएको रमुवा आधारभूत विद्यालयमा १२ कक्षासम्म अध्यापन गराउन सके यहाँका धेरैको विद्यालय शिक्षा पुरा गर्ने सपना पुरा हुने स्थानीयको विश्वास छ । अहिलेसम्म माध्यमिक तह सञ्चालन भएको विद्यालय नहुँदा आफ्ना छोराछोरीले शास्ती खेप्नु परेको स्थानीय श्याम विक बताउँछन् । ‘यहाँका स्थानीयदेखि केन्द्रीय स्तरका नेताले चुनावमा भोट माग्न मात्र यहाँ माध्यमिक तहको विद्यालय खोल्ने आश्वासन दिन्छन् तर चुनाव जितेर गएपछि सबैले बिर्सन्छन् ।’ उनी भन्छन्, ‘हामी त नेताको कमाइ खाने भाँडो मात्र भयौं, हाम्रा समस्या कसैले सुनेन हामीलाई बाहाना बनाएर आफैले पद लिए, पैसा कमाए हामीले भागेको जस्तै समस्या हाम्रा छोराछोरीले भोगिरहेका छन् हाम्रो समस्या राज्यले बुझेन ।’

आर्थिक अवस्था सम्पन्न भएका केही बालबालिका अन्य सहरबजार गएर पढ्ने भए पनि गरिव तथा विपन्न परिवारका बालबालिकाले पढ्ने इच्छा हुँदाहुँदै पनि पढाइ छोड्नु पर्ने बाध्यता रहेको रमुवा आधारभूत विद्यालयका शिक्षक रेशम रानाले बताए ।

रमुवामा १२६ घरपरिवार बसोवास गर्छन् । पछिल्लो जनगणना अनुसार नगरपालिकामा ३३हजार ९७ जना मानिसहरु बसोबास गर्दै आएका छन् । वडा नम्बर १० क्षेत्रफलका हिसाबले अन्य वडा भन्दा ठुलो छ । जनसंख्या र भूगोलका आधारमा माध्यमिक विद्यालय सञ्चालन गर्नैपर्ने भए पनि आन्तरिक समस्याका कारण विद्यालय सञ्चालन गर्न नसकिएको वडाध्यक्ष तिलक घर्तीले बताए । ‘हामीले संभावनाको अध्ययन गरिरहेका छौं ।’ उनले भने, ‘स्थानीय आधारभूत विद्यालयलाई माध्यिमक तहसम्म सञ्चालन गर्न विभिन्न ठाउँमा गएका छौं, काम अझै हुन सकेको छैन ।’

वडाको विद्यालय शिक्षासम्बन्धी समस्यालाई सम्बोधन गर्न तत्काललाई राहात स्वरुप नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा रु. तीन लाख बजेट विनियोजन गरेको नगर प्रमुख भरत शर्माले जानकारी दिए । ‘विनियोजित रु. तीन लाखले आवासीय रूपमा अध्ययन गर्नुपर्ने समस्यामा रहेका बालबालिकालाई खान, बस्न सुविधा प्रदान गरिने छ ।’ प्रमुख शर्मा भन्छन्, ‘पाण्डवखानी माध्यमिक विद्यालयमा आवासीय सुविधासहितको निःशुल्क शिक्षा र रमुवामा १० कक्षासम्मको शिक्षा दिने गरी पहल गरिरहेका छौं ।’

तर उनको पहल निरन्तर जारी भए पनि आजसम्म पुरा हुन नसकेको स्थानीयको गुनासो छ । ‘रमुवालाई माध्यमिक विद्यालय बनाउन केले रोक्यो ? भूगोल, जनसंख्या की पहुँच ?’ स्थानीय रमेश भन्छन्, ‘यी तीन तत्व कारक भए यहाँका जनताले माध्यमिक तहसम्म निःशुल्क शिक्षा पाउने मौलिक अधिकारको कार्यान्वयव खै त ?’