प्रश्नपत्रसहित उत्तरपुस्तिका लिक गर्ने पक्राउ

नेपाल नर्सिङ काउन्सिलले सञ्चालन गरेको २३ औं नाम दर्ता (लाइसेन्स) को प्रश्नपत्र र उत्तर पुस्तिका ‘लिक’ गराएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ परेको छ ।

हिजो भएको सो परीक्षामा सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा परीक्षामा सहभागी तीन जनालाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी  कार्यालयका प्रवक्ता प्र.ब.उ. दिनेश राज मैनालीका अनुसार धादिङ घर भएकी २३ वर्षीया सविना आले मगर,  कास्कीको लेखनाथ घर भएकी  २० वर्षीया भावना गुरुङ र पोखरा घर भएकी २० वर्षीया समीक्षा थापा रहेका छन् । 

उनीहरूले परीक्षा केन्द्रबाट प्रश्नपत्र र उत्तर पुस्तिकाको फोटो खिचेर म्यासेन्जर मार्फत लिक गरेको उनले जानकारी दिए । उनीहरूले प्रश्नपत्र र उत्तर पुस्तिकाको फोटो खिचेर म्यासेन्जरमार्फत ‘अल ब्राइट इन्स्टिच्युट’ पोखराका गाडी चालक ५० वर्षीय चिज कुमार श्रेष्ठलाई पठाएका थिए । 

Degrees offered in nepal
Counseling
Bachelors Portal