A Levels MA

सीटीईभीटीद्वारा छोटो अवधिको तालीम  स्वीकृति तथा कार्यक्रम नवीकरण  गर्ने निर्देशन

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले छोटो अवधिको तालीम सञ्चालन स्वीकृति कार्यविधि २०७२ संशोधन गरेको छ ।

सीटीईभीटीको १८९औं बैठकले सो कार्यविधि संशोधन गरेको हो । छोटो अवधिको तालीम कार्यक्रम सम्बन्धन प्राप्त गर्न जुनसुकै समयमा निवेदन पेस गर्न सकिने र सो प्रक्रियामा सामेल हुन अघिल्लो सम्बन्धन प्राप्त गरेको मितिले ६ महिनापछि मात्र नयाँ सम्बन्धन प्रक्रियाका लागि निवेदन पेस गर्न सकिने प्रावधान राखेको छ ।

सम्बन्धनरस्वीकृति लिई छोटो अवधिका तालीम कार्यक्रमहरू सञ्चालन गरिरहेका संस्थाहरूले परिषद्, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीम कार्यक्रम सम्बन्धन कार्यविधि २०७८ (पहिलो संशोधन सहित) को दफा २१ क। बमोजिम सम्बन्धन–स्वीकृति लिएको २ वर्षपछि वार्षिक रूपमा कार्यक्रम नवीकरण गर्नुपर्ने प्रावधान बमोजिम सम्बन्धनरस्वीकृति पत्रानुसार लागू हुने म्यादभित्र वा नवीकरण गर्नुपर्ने म्यादभित्र नियमित शुल्कमा र म्याद सकिए पश्चात् दोब्बर दस्तुर तिरी धधध।तष्लथगच।िअयmरकजयचतठढडण् लिङ्कमा गई कार्यक्रम नवीकरण गर्ने प्रावधान राखेको छ ।

सोही प्रावधान अनुरुप सीटीईभीटीले उक्त शिक्षा प्रदायक संस्थालाई छोटो अवधिको तालीम कार्यक्रम सम्बन्धन तथा स्वीकृति तथा कार्यक्रम नवीकरण  गर्ने निर्देशन दिएको छ ।

निवेदन पेस गर्न इच्छुक निवेदकहरूले आवेदन प्रस्तावना फाराम सम्बन्धित प्रदेश कार्यालयहरू वा परिषद्को वेबसाइटबाट प्राप्त गर्न सक्ने सूचनामा उल्लेख गरिएको छ ।

Thuprai - Books and E-books