CMAT

बाग्मती विश्वविद्यालय संरक्षक समिति सदस्य नियुक्त

बाग्मती प्रदेश सरकारले बाग्मती प्रदेश विश्वविद्यायलय सञ्चालनका लागि बाग्मती विश्वविद्यालय संरक्षक समितिमा ६ जनालाई सदस्यमा नियुक्त गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नव नियुक्त सदस्यहरुलाई हिजो नियुक्तिपत्र प्रदान गरेका हुन् ।

समितिका सदस्यहरुमा प्राडा चन्द्रमणि पौडेल, कृष्ण कटुवाल, बच्चुराम अधिकारी, नुनरानी ढुङ्गेल, किरणचन्द्र दाहाल र बच्चुराम अधिकारी रहेका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले समितिका सदस्यलाई ऐन, नियम र कार्यविधिअनुसार काम गर्न निर्देशन दिए । प्रदेश सरकारले शैक्षिक क्षेत्रमा हाल जारी कोटा प्रणालीको प्राविधिक शिक्षाका कारण उच्च शिक्षाका लागि विद्यार्थी विदेश जानुपर्ने बाध्यताको हल गर्न प्रादेशिक विश्वविद्यालय स्थापना गरिएको बताए ।

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले उच्च शिक्षाका लागि विद्यार्थी बाहिर जाने र उतै बस्ने अवस्था रोक्न प्रदेश सरकारले विश्वविद्यालय स्थापना गरेको बताए । उनले प्रदेशमा स्थापना हुने सार्वजनिक विश्वविद्यालयले प्राविधिक र व्यावसायिक शिक्षालाई जोड दिने बताए ।

प्रदेशमा विश्वविद्यालय स्थापना गरेको करिब दुई महिनापछि संरक्षक समितिका सदस्य नियुक्त गरिएको हो ।

प्रदेश सरकारको एकल अधिकारको सूचीमा रहेको उच्चशिक्षालाई प्रयोग गर्दै विश्वविद्यालय स्थापनाका लागि प्रदेश सरकारले उच्च शिक्षा ऐन, २०७८ मा भएको व्यवस्थाअनुसार सार्वजनिक विश्वविद्यालयको सञ्चालन र व्यवस्थापनका लागि तयार गरिएको विधानमा विश्वविद्यालय सभा, विश्वविद्यालय संरक्षक समिति, प्राज्ञिक परिषद्, कार्यकारी परिषद् र सेवा आयोग गठनको व्यवस्था गरेको छ ।

Thuprai - Books and E-books