After SEE Portal

नर्सिङ परिषद्को नाम दर्ता प्रमाण–पत्र परीक्षाका लागि आवेदन खुला

Bridge Course

नेपाल नर्सिङ परिषद्को नाम दर्ता प्रमाण–पत्र परीक्षाका लागि आवेदन खुला गरिएको छ ।

प्रमाण्पत्र लिन चाहने उम्मेद्वारले आगामी असार ११ गते सम्म नियमित दस्तुरमा र दोब्बर दस्तुर तिरी असार १४ गते सम्म आवेदन दिन सक्ने परिषद्द्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

परिषद्द्वारा लिइने आगामी नाम दर्ता प्रमाण–पत्र परीक्षाको वार्षिक कार्य तालिका अनुसार आगामी असार २३ र २५ गते हुने सूचनामा उल्लेख गरिएको छ ।

परीक्षामा सामेल हुने परीक्षार्थीहरू न्यूनतम प्रवीणता प्रमाण–पत्र तह नर्सिङ वा बी.एस्सी नर्सिङ उत्तीर्ण भएको हुनुपर्ने छ । परीक्षामा सामेल हुने परीक्षार्थीहरू उत्तीर्ण गरेको हुनुपर्नेछ साथै, नेपाल नर्सिङ परिषद्द्वारा प्रथम पटक विशेषज्ञ नाम दर्ता परीक्षामा सामेल हुने परीक्षार्थीहरू नर्सिङमा स्नातकोत्तर उत्तीर्ण भएको हुनुपर्ने छ ।

नर्स र मिडवाइफको परीक्षा असार २३ गते शनिबार र विशेषज्ञको परीक्षा २५ गते सञ्चालन हुने सूचनामाउल्लेख गरिएको छ ।

A Levels MA