After SEE Portal

नर्सिङ परिषद् दर्ता प्रमाणपत्र परीक्षाका लागि आवेदन माग

Bridge Course

नेपाल नर्सिङ परिषद्ले नाम दर्ता प्रमाणपत्र परीक्षाका लागि आवेदन माग गरिएको छ । परिषद्ले सूचना जारी गर्दै माघ २२ गतेदेखि फागुन २२ गतेसम्म नियमित शुल्कमा र फागुन २३ गतेदेखि २५ गते सम्म दोब्बर दस्तुरमा आवेदन दिन सक्ने सूचनामा उल्लेख गरेको छ ।

उक्त परीक्षा आगामी चैत ४ गते सञ्चालन गर्ने छ । वार्षिक कार्य तालिका अनुसार चैत ४ गते नाम दर्ता प्रमाणपत्रको परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो ।

परीक्षामा सामेल हुने उम्मेदवारको न्यूनतम प्रविणता प्रमाणपत्र तह नर्सिङ वा बीएस्सी नर्सिङ उत्तीर्ण भएको हुनुपर्ने र एनएलइएम परीक्षामा सहभागी हुनका लागि बिएमएल पास गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

A Levels MA
Thuprai - Books and E-books