CMAT

ब्रेल पाठ्यपुस्तक छपाइ एवम् वितरणका लागि अनुदान लिन आवेदन माग

Bachelors Portal

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले संस्थागत साझेदारीमा ब्रेल पाठ्यपुस्तक छपाइ एवम् वितरणका लागि अनुदान दिने सम्बन्धमा इच्छुक संस्थालाई सूचीकृत हुन निर्देशन दिएको छ ।

प्रस्तावनाका आधारमा दृष्टिविहीन विद्यार्थीका लागि ब्रेल पाठ्यपुस्तक छपाइ एवम् वितरणका लागि संस्थालाई अनुदान शीर्षकमा कार्यक्रम रहेकोले साझेदारीमा ब्रेल पाठ्यपुस्तक छपाइ एवम् वितरण गर्न इच्छुक संघरसंस्थार निकायले १५ दिन भित्र सूचीकृत हुन निर्देशन दिएको हो ।

केन्द्रले  संस्था दर्ताको प्रमाणपत्र, स्थायी लेखा नम्बर (आयकर दर्ता) नवीकरण कर नलाग्ने गरी स्थापित संस्था भएमा सो को व्यहोरा पुष्टि गर्ने प्रमाण र कर लाग्ने संस्था भए आव २०७८–०७९ को कर चुक्ता प्रमाणपत्र, कम्तीमा ३ वर्ष ब्रेल पाठ्यपुस्तक उत्पादन एवम् वितरणको अनुभवको प्रमाण, ब्रेल पाठ्यपुस्तक उत्पादनका लागि कार्यरत जनशक्ति विवरण, ब्रेल पाठ्यपुस्तक छपाइ एवम् उत्पादन ब्रेलो (ब्रेल छापाखाना) को व्यवस्था (संख्यासहित) एवम् उत्पादन क्षमता र  कार्य सम्पादन गर्ने विधि प्रकृया र पद्धतिका विषयमा संस्थाको अवधारणापत्र सहित आवेदन दिन सूचीत गरेको छ ।

Thuprai - Books and E-books
I Tech store