After SEE Portal

विशेष मौका परीक्षाका लागि आवेदन खुला

Bridge Course

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०७२–०७३ सम्म रजिस्ट्रेसन भएका विद्यार्थीलाई विशेष मौका परीक्षा दिने दिने भएको छ ।विशेष मौका परीक्षाका लागि जेठ २७ गते सम्म नियमित शुल्कमा र बिलम्ब शुल्क तिरेर असार ५ गते सम्म आवेदन दिन सक्ने छन् ।

परीक्षा नियन्त्रण कार्यालयले आज एक सूचना जारी गर्दै अनुत्तीर्ण विद्यार्थीलाई मौका परीक्षाका लागि लावेदन खुला गरेको हो ।

शैक्षिक सत्र २०६५–०६६ देखि २०७२–०७३ सम्म रजिस्ट्रेसन कायम भई पाठ्यक्रमले निर्धारण गरेको अवधिभित्र प्रशिक्षण पूरा गरेका तर हालसम्म अनुत्तीर्ण भएका परीक्षार्थीहरूले परीक्षा आवेदन फाराम भर्न सक्ने सूचनामा उल्लेख गरिएको छ ।

परिषद्बाट सम्बन्धन–स्वीकृत प्राप्त गरी परिषद्को आङ्गिक, साझेदार, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा तथा निजी स्तरमा प्राविधिक एसएलसी तहको विभिन्न कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्थाहरूबाट पाठ्यक्रमले निर्धारण गरेको अवधिभित्र प्रशिक्षण पूरा गरेका विद्यार्थीलाई विशेष मौका परीक्षा लागि आवेदन खुला गरेको हो ।

विशेष छात्रवृत्ति कार्यक्रमको परीक्षा तालिका सार्वजनिक

सोही कार्यालयले आज एक सूचना जारी गदै डिप्लोमा तह सेमेस्टर परीक्षा प्रणालीका प्रथम वर्ष प्रथम खण्डका नियमित आंशिक र प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रमको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

गत वैशाख १४ र २८ गते प्रकाशित सूचना बमोजिम सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत नियमित तथा प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम तर्फको आवेदन फाराम भर्ने सूचना बमोजिम डिप्लोमा इन इन्जिनियरिङ तर्फ सिभिल, आर्किटेक्चर, रेफ्रिजेरेटर एन्ड ए।सी। मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, अटोमोबाइल, मेकाट्रोनिक्स, इलेक्ट्रोनिक्स, जियोमेटिक्स, कम्प्युटर, हाइड्रोपावर, फुड एन्ड डेरी टेक्नोलोजी, इन्फर्मेसन टेक्नोलोजी, होटल मेनेजमेन्ट, सोसल वर्क, एन्टरप्रेनसिप डेभलभमेन्ट तथा कृषि बाली विज्ञान र पशु विज्ञान कार्यक्रमको प्रथम वर्ष प्रथम खण्डको नियमित तथा आंशिक परीक्षा को परीक्षा तालिका सार्वजनिक गरेको हो ।

A Levels MA
Thuprai - Books and E-books