CMAT

बंगलादेशमा रहेका सबै नेपाली विद्यार्थीलाई घरभित्रै सुरक्षित रुपमा रहन अपिल

ढाकास्थित नेपाली दूतावासले बंगलादेशमा रहेका सबै नेपाली विद्यार्थीलाई घरभित्रै सुरक्षित रुपमा रहन अपिल जारी गरेको छ । 

आरक्षणसम्बन्धी जारी प्रदर्शन हिंसात्मक बनेको र अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको अवस्थामा बाहिर ननिस्कन दूतावासले अपिल गरेको हो ।

बंगलादेशमा अझै करिब ४ सय विद्यार्थी रहेको जानकारी दिँदै दूतावासले विद्यार्थीसहित सबै नेपाली सुरक्षित रहेको बताएको छ ।

दुतावासले आज एक विज्ञप्ति जारी गर्दै ‘सम्पूर्ण नेपालीहरु सुरक्षित रहेको र उनीहरुसँग यस राजदूतावास निरन्तर सम्पर्कमा रहेको छ ।’

ढाकास्थित नेपाली दूतावासले सुरक्षित भएपछि मात्र यात्रा गर्न भनेको छ । नेपाल फर्कन चाहाने विद्यार्थीसहित सबै नेपालीलाई दूतावाससँग समन्वय गरेर सुरक्षा प्रवन्ध सुरक्षित भएपछि मात्र यात्रा गर्न अपिल गरेको हो । 

बंगलादेशमा पछिल्लो समय प्रदर्शनले हिंसात्मकरुप लिएको छ । त्यहाँ एकै दिन आइतबार ९० जनाको मृत्यु भएको र कयौं घाइते भएको समाचारहरु छन् ।

Thuprai - Books and E-books