A Levels MA

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व निर्धारित परिक्षा बाँहेक अन्य काम ठप्प

धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक र कर्मचारीले आकस्मिक, कोभिड उपचार र पूर्व निर्धारित परिक्षाका कार्यक्रम बाहेकका सबै सेवा ठप्प पारेका छन् ।

सरकारले प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीहरुका माग तथा पूर्व सम्झौतालाई कार्यान्वयन नगरेको भन्दै चिकित्सकहरु पुनः आजदेखि आन्दोलनमा उत्रिएका हुन् ।

वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुद्धीकरण अभियान २०७८ संयुक्त संघर्ष समितिले सरकारसंग भएको सम्झौता कार्यान्वयन नभएके हुँदा बाध्य भएर कडा आन्दोलन गर्नु परेको जानकारी दियो । समितिका अनुसार प्रतिष्ठान सुधारको माग राखेर तीन महिनादेखि निरन्तर आन्दोलन गर्दा समेत सरकारको ध्यान जान नसकेको हुँदा विषम परिस्थितिमा पनि कडा आन्दोलन गर्नु परेको हो ।

डा. बैकुण्ठ अर्यालको प्रतिवेदन तथा आन्दोलनरत चिकित्सक कर्मचारी र डाक्टर गोविन्द केसीसंग गरिएको सहमति कार्यान्वयन नगरेका कारण बाध्य भएर आन्दोलनमा उत्रनु परेको समितिका सहसंयोजक डा. विष्णु पोखरेलले बताए ।

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक गौरीशंकर साहले प्रतिष्ठानमा करौडौं आर्थिक अनियमितता गरेको भन्दै उनीहरुको बर्खास्ती र प्रतिष्ठानमा अन्य सुधारका काम गर्नुपर्ने माग राखेर चिकित्सक र कर्मचारीहरुले आन्दोलन गर्दै आएका छन् ।

 

Thuprai - Books and E-books