After SEE Portal

मेडिकल काउन्सिलद्वारा २०८० को बार्षिक कार्यतालिका सार्वजनिक

Bridge Course

नेपाल मेडिकल काउन्सिलले २०८० सालमा लिने लाइसेन्स परीक्षाका लागि बार्षिक कार्यतालिका  सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको कार्यतालिका अनुसार स्नातक तहको दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) साल जेठ १७, १८ र १९ गते ६५ औं र असोज १०, ११ र १२ गते ६६ औं परीक्षा सञ्चालन गर्ने भएको छ । त्यसैगरी वर्षको अन्त्यमा  माघ १७, १८ र १९ गते तेस्रो चरण वा ६७ औं  परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

त्यसैगरी स्नातकोत्तर तहको विशेष परीक्षा (स्पेशल परीक्षा) साउन ११ र १२ गते, दोस्रो पटक मंसिर १४ र १५ गते  र तेस्रो पटक चैत्र २२ र २३ गते  सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

६५ औं लाइसेन्स परीक्षाका लागि आवेदन माग

नेपाल मेडिकल काउन्सिलको ६५ औं लाइसेन्स परीक्षाका लागि आवेदन माग गरिएको छ ।

आगामी  जेठ १७, १८ र १९ गते (२०२३, मे ३१ देखि जुन २ तारिख) सम्म सञ्चाालन हुने परीक्षाका लागि आगामी बैशाख ४ गते देखि जेठ २ गतेसम्म नियमित र जेठ ३ र ४ गते बिलम्ब शुल्क सहित अनलाईन आवेदन  माग गरेको हो ।

अनलाइन बाहेकको माध्यमबाट बुझाएको आवेदन फाराम र शुल्क मान्य नहुने काउन्सिलले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

विदेशी कलेजमा भर्ना भै कोभिङका कारण नेपालमा इन्टर्नसीप गरिरहेका विद्यार्थीले परीक्षामा सामेल हुनका लागि इन्टर्नसीप पूरागरेको र आफू भर्ना भएको विश्विवद्यालयबाट इन्टर्नसीप सहित अन्तिम प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने   सूचनामा उल्लेख गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books