Edusanjal

सहिदनगर नगरपालिका सबै विद्यालय भोलिदेखि खुल्ने

धनुषाको सहिदनगर नगरपालिका सबै विद्यालय भोलिदेखि भौतिक रुपमा सञ्चालनमा आउने भएका छन् । नगरपालिकाले सार्वजनिक सूचना जारी गरी सबै विद्यालय भोलिबाट सञ्चालन गर्ने निर्देशन दिएको हो ।

कोभिडको कारण प्रत्यक्ष रुपमा विद्यालय खुल्न नसकेको र शिक्षामा परेको गम्भीर क्षति हुन सक्ने अवस्थामा मध्यनजर गर्दै विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको नगरप्रमुख उदयकुमार बरबरीया यादवले जानकारी दिए । ‘भदौ ७ गतेदेखि कोभिडबाट बच्ने सबै सुरक्षा मापदण्डहरु अपनाएर विद्यालय खोल्ने निर्णय गरिएको हो ।’ उनले भने, ‘कोभिडले सम्पूर्ण क्षेत्रलाई तहसनहस पार्यो, शिक्षामा झनै असर पर्यो, अहिले नगरभित्र संक्रमण देखिएको छैन  त्यसैले विद्यालय खोल्ने निर्णय गरेका हौं ।’

pre school