अखिलले तत्काल शैक्षिक सत्र सञ्चालन गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गरायो

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले महामारीका कारणले शैक्षिक क्षेत्रमा देखिएको अन्यौलतालाई सम्बोधन गर्न नेपाल सरकार, शिक्षा मन्त्रालय र सम्बन्धित निकायहलाई ध्यानाकर्षण गराएको छ ।

अखिलले हिजो सरकारलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ ,‘विह्श्वभरि फैलिरहेको कोरोना भाइरसको महामारीका कारण मुलुकको समग्र क्षेत्र दिनप्रतिदिन तहसनहस भइरहेको र चालू शैक्षिक सत्रको आधा समयावधि वितिसक्दा सम्म पनि विद्यालय र विश्वविद्यालय खुल्न सकेका छैनन फलस्वरुप लाखौं विद्यार्थीहरुको भविष्य अन्यौलता तर्फ धकेलिरहेको छ । महामारीका कारण शैक्षिक सत्र खेर जान नदिन सरकारले अहले देखि नै विकल्पहरूबारे तयारी गर्नु जरुरी छ।’

ध्यानकर्षणपत्रमा विद्यालय तहमा यस वर्षको शैक्षिक सत्र हरहालतमा कायम हुनेगरी विशेष निर्णय मार्फत बैकल्पिक सिकाइ प्रणाली र परीक्षा प्रणाली अबलम्बन गर्ने, स्थानीय तहको निगारानीमा अनलाइन माध्यम वा भौतिक दुरी कायम गरी सुरक्षित ढंगले विद्यार्थी भर्ना तथा कक्षा उन्नत्तिको व्वस्थित अभिलेखिकरण गर्ने, कक्षा १२ को परीक्षाको लागि होम सेन्टरको व्यवस्था गरी असोज महिनामा परीक्षा गर्ने गरी तयार गर्ने लगायतका विषय उल्लेख गरेको छ ।

ज्ञापनपत्र

माननीय मन्त्री ज्यू। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबार, काठमाण्डौ।

विषय:- ज्ञापनपत्र

विश्वभरी फैलिरहेको कोरोना भाइरसको माहामारीका कारणले आज मुलुकको समग्र क्षेत्र दिनप्रतिदिन तहस-नहस भइरहेको छ। भविश्यका कर्णधार उत्पादन गर्ने शिक्षा क्षेत्र झनै प्रभावित भइरहेको छ। चालू शैक्षिक सत्रको आधा समयावधि वितिसक्दा सम्म पनि कोरोना भाइरस संक्रमण नियन्त्रण हुने कुनै संकेत देखिएको छैन । जसको परिणाम स्वरूप विद्यालय र विश्वविद्यालयमा अध्ययन गर्ने लाखौं विद्यार्थीहरुको भविष्य अन्योल भइरहेको छ। महामारीका कारण शैक्षिक सत्र खेर जान नदिन सरकारले अहले देखि नै विकल्पहरूबारे तयारी गर्नु जरुरी छ। अत: कोरोना महामारीका कारणले शैक्षिक क्षेत्रमा देखिएको अन्यौलतालाई सापेक्षित रुपमा भए पनि सम्बोधन गर्न नेपाल सरकार, शिक्षा मन्त्रालय र सम्बन्धित निकायहरुले तत्काल निम्न विषयहरुमा ध्यानाकर्षण गराउन यो ज्ञापन पत्र पेश गरेका छौं।

विद्यालय शिक्षा

१) विद्यालय तहमा यस वर्षको शैक्षिक सत्र हरहालतमा कायम हुनेगरी विशेष निर्णय मार्फत बैकल्पिक सिकाइ प्रणाली र परीक्षा प्रणाली अबलम्बन गर्ने।

२) स्थानीय तहको निगारानीमा अनलाइन माध्यम वा भौतिक दुरी कायम गरी सुरक्षित ढंगले विद्यार्थी भर्ना तथा कक्षा उन्नत्तिको ब्यवस्थित अभिलेखिकरण गर्ने ।

३) स्रोत साधनको पहुँचका आधारमा स्थानीय तह र सम्बन्धित विद्यालयले सबै प्रविधिको पहुँच नभएका रेडियो/एफ.एम.मा पहुँच भएका टेलिभिजनमा पहुच भएका कम्प्युटर/मोबाइल भएका तर अनलाइन पहुंच नभएका र इन्टरनेटमा पहुँच भएका विद्यार्थीको पहिचान र वर्गीकरण गरि तद्अनुरुपकै सापेक्षतामा वैकल्पिक सिकाई प्रणालीलाई प्रभावकारीताका साथ व्यवस्थित गर्ने।

४) शिक्षा मन्त्रालयले असार १ गतेबाट लागू गरेको वैकल्पिक प्रणालीवाट विद्यार्थीको सिकाई सहजिकरण निर्देशिका ०७७ को व्यवस्थित तथा वैज्ञानिक समीक्षा र अनुगमन गरि त्यसलाई औपचारिक शैक्षिकसत्रको अंग बनाउने गरि तयारी अघि बढाउने। ५) नयाँ सन्दर्भमा विद्यालय तहको पाठ्यक्रम र पाठ्यभारलाई परिमार्जन गरि दशैतिहार लगत्तै पठनपाठनको शुरुवात गर्ने । कोरोना महामारी नियन्त्रण भयो भने विद्यालय सुचारु गर्ने र सहज नभए अनलाइन तथा विविध बैकल्पिक सिकाइ प्रक्रियालाई अघि बढाउने।

६) कक्षा १२ को परीक्षाको लागि होम सेन्टरको व्यवस्था गरी असोज महिनामा गर्ने गरी तयार गर्ने । कोरोना महामारी सहज भएमा होमसेन्टरको व्यवस्था गरी जतिसक्दो छिटो परीक्षा सञ्चालन गर्ने। सहज नभएको सन्दर्भमा बैकल्पिक माध्यमबाट परीक्षा लिने । त्यसका लागि कक्षा ११ आधारमा ५० प्रतिशत मुल्याङ्न गर्ने र वाकी ५० प्रतिशत अनलाईन भाइबर तथा Open book Exam आदि प्रणाली अबलम्बन गर्ने ।

७) अझैपनि पाठ्यपुस्तक नपुगेका विद्यार्थीहरु भएका ठाउँमा अविलम्ब पुर्याउन विशेष व्यवस्था गर्ने ।

८) शैक्षिक वातावरण बनाउन आइसोलेशन र कोरिन्टिनहरु रहेका विद्यालयहरुमा डिइन्फेक्शन गर्ने तथा कोरेन्टिनहरुको बैकल्पिक व्यवस्था गर्ने।

९) संस्थागत विद्यालयहरुको हकमा अनलाईन कक्षाहरुको शुल्क निर्धारण गरि कार्यन्वयन र अनुगमन गर्ने । तर विद्यार्थीले नलिएका सुविधा र शिर्षकमा अनावश्यक शुल्क लिन नपाइने।

१०) अनलाइन शिक्षा लगायतका विशेष शिक्षाको लागि विशेष योग्यता भएका विशेष जनशक्तिलाई करारमा भर्ति गर्ने र स्वयंसेवक शिक्षकको भर्तिको व्यवस्था गर्ने।

११) कक्षा ११ मा भर्ना हुनुका लागि यस वर्ष तय गरिएको SEE ग्रेडिङ मापदण्डलाई स्थगित गरी गतवर्षको मापदण्ड अनुसार नै भर्ना गर्ने व्यवस्था गर्ने ।

विश्वविद्यालय तह

१२. त्रिभुवन विश्वविद्यालय लगायत सबै विश्वविद्यालयहरुमा यस वर्षको शैक्षिक सत्र कायम हुनेगरी बैकल्पिक पढाइ र परीक्षा प्रणालीको तयारी शुरु गर्ने।

१३. अनलाइन तथा बैकल्पिक कक्षा र परीक्षा प्रणालीको तयारी र सञ्चालन गर्ने अधिकार सम्बन्धित विभाग तथा डिन कार्यालयलाइ प्रदान गर्ने। संकावको सापेक्षतामा पढाइर परीक्षाको विशेष व्यवस्था गर्ने।

१४.पठनपाठनको हकमा स्वत: सेमेस्टर अपग्रेड गर्ने र सहज भएको समयमा क्रमश बांकी रहेका सबै समेस्टरहरुको परीक्षा गराउने।

१५) अन्तिम परिक्षाको हकमा पनि विशेष र बैकल्पिक प्रणाली लागू गर्ने।

१६) रिक्त रहेका विश्वविद्यालयहरुमा यथासिघ्र पदाधिकारी नियुक्ति गर्ने।

१७) सरकारले विद्यार्थीलाई लक्षित गरेर सबै शिक्षण संस्थाहरुमा वाइफाइ तथा विद्यार्थीहरुलाइ सुपथ रुपमा एनटिसि तथा एनसेल डाटा प्याकको व्यवस्था गर्ने ।

१८) सम्पुर्ण विश्वविद्यालयहरुले मातहत कलेजलाई आफ्ना सम्पुर्ण विद्यार्थीलाई सम्पर्कमा ल्याई वैकल्पिक सिकाईका माध्यमबाट पठनपाठन कार्यलाई नियमित गर्ने।

१९) सम्पर्ण शिक्षण संस्थाहरुमा कोरोना भाइरस संक्रमणबाट बच्ने उपायहरुको पूर्व तयारी गर्ने।

२०) नेपाल मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल, फार्मेसी काउन्सिल लगायत सम्पूर्ण व्यवसायिक परिषदबाट लिइने लाइसेन्स परीक्षाहरु बैकल्पिक प्रणालीद्वारा सञ्चालनको व्यवस्था गर्ने।

२१) MDMS/MDS लगायत स्वास्थ्यका स्नातकोत्तर तहका रोकिएका सम्पुर्ण प्रवेश परीक्षाहरुको बैकल्पिक व्यवस्थाद्वारा सञ्चालन गर्ने ।

बोधार्थ

सम्माननीय प्रधानमन्त्री ज्यू मन्त्री परिषदको कार्यालय सिंहदरबार काठमाडौं।

रञ्जित  तामाङ

सहसंयोजक

अनेरास्ववियू

केनद्रीय कार्यालयः बागबजार, काठमाडी, GPO 8975-EPC 5358, फोन: ०१-४२५६०५२, ४२४३१०८ फयाक्सः ९७७--४२४३१०८

Email: annisu2022@mail.com