एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी र म्यानेजमेन्ट (एआईटीएम) – आइएमआईको दुईजना विद्यार्थीलाई स्वर्या पदक प्रदान गरेको छ ।
सन् २०१४-२०१८ को ब्याचका रियल थापा र २०१५-२०१९ ब्याचका ग्याल्बु शेर्पालाई आफ्नो कक्षाको उत्कृष्ट छात्र भएकोले स्वर्ण पदकबाट सम्मानित गरेको हो ।भए पनि कोरोनाका कारण प्रभवित भएको थियो ।
एआईटीएम ले आफ्नो तेस्रो दीक्षान्त समारोहका विच गत शुक्रबार दुवै विद्यार्थलाई स्वर्ण पदक प्रदान गरेको हो । काठमाडौंमा सम्पन्न सो समारोहमा जम्मा ५० जना विद्यार्थी सहभागी भएका थिए ।
एआईटीएमले आफ्नो पछिल्लो दुईवटा दीक्षान्त समारोहमा करिब सय जना विद्यार्थीलाई दीक्षित गरेको थियो । एआईटीएमले यसअघि सन् २०१५ र २०१७ मा दीक्षान्त समारोह सम्पन्न गरेको थियो । एआईटीएमको हरेक दुई वर्ष दीक्षान्त समारोह सञ्चालन गर्ने नीति भए पनि कोरोनाका कारण प्रभवित भएको थियो ।
सो समारोह एआईटीएमका संस्थापक अध्यक्ष, प्राडा। श्रिराम भगुत माथेको अध्यक्षता र राजेन्द्र खेतान उद्योगपति तथा एआईटीएमका प्रवर्द्धक, प्राडा। रमेश राज कुवंर (पर्यटन मानवशास्त्री), शृजना राणा , डा। रोशन राठी (एआईटीएमका प्रमुख कार्यकारी अधिकृत), वशन्त जोशी (स्कुल प्रमुख) लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
विद्यार्थीहरूलाई एआईटीएम कलेजको एफिलिएसन् पार्टनर, इन्टरनेसनल म्यानेजमेन्ट इन्स्टिटुट, स्विट्जरल्याण्डबाट स्नातक प्रमाणपत्र प्रधान गरिएको थियो ।
समारोहमा एआईटीएम कलेजले विद्यार्थीहरूको लाभको लागि काठमाडौं मेरियट होटल र लक्ष्मी बैंकसंग समझदारीको दुई महत्वपूर्ण सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।
एआईटीएमकलेज एक निजी शैक्षिक संस्था हो । यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय पाठ्यक्रममा स्नातक प्रदान गर्दछ। एआईटीएम २०१२ मा स्थापित भएको थियो।