Bachelors Portal

त्रिवि र युइएसटिसी विच सहमति

 त्रिभुवन विश्वविद्यालय र युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (यु्इएसटिसी) बिच सहमति पत्रमा हस्ताक्षर भएको छ । 

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको पहलमा चिनको सिचुवान प्रान्त स्थित छेन्दुमा अवस्थित उक्त विश्वविद्यालय र त्रिवि बिच शैक्षिक  तथा सहयोग आदान प्रदान गर्ने गरी सहमति गरिएको हो । 

दुवै विश्वविद्यालयहरु बिच प्राज्ञिक अनुसन्धान र शिक्षकविद्यार्थी सहकार्यमा विशेष जोड दिने, संयुक्तरुपमा सेमिनार तथा वर्कसप आयोजना गर्ने,अतिथि शिक्षकहरुको प्रायोजन गर्ने लगायतका विषयमा सहकार्य गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ । सहमति पत्रमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा शिवलाल भुसाल र युयुइएसटिसीका तर्फवाट अध्यक्ष जेङ योङले हस्ताक्षर गरेका छन् ।

उक्त सहमति पत्रलाई उपकुलपति प्राडा भुसालले युइएसटिसीका प्रतिनिधि प्राध्यापक होङ हान मार्फत उक्त सहमति पत्र हस्तान्तरण गरेका छन् ।  

Thuprai - Books and E-books