A Levels MA

नेपाल र भारतले संयुक्त डिग्री सञ्चालन गर्ने सम्झौता

नेपाल र भारतबीच ६ बुँदे सम्झौता भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज भएको लुम्बिनी भ्रमणका क्रममा दुई मुलुकबीच ६ बुँदामा सम्झौता भएको हो।

प्रधानमन्त्रीद्वयको उपस्थितिमा भएको समझदारी पत्रमा भारतीय शैक्षिक एवं सांस्कृतिक प्रतिष्ठानले लुम्बिनी बौद्ध विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित एक–एकवटा तथा काठमाडौँ विश्वविद्यालयसँग तीनवटा समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।

लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आइसिसीआर), विच बौद्ध दर्शन अध्ययनका लागि डा.अम्बेडकर चेयर स्थापना गर्ने सम्झौता भएको भारतको विदेश मन्त्रालयद्वारा सार्वजनिक गरिएको वक्तव्यमा उल्लेख गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय नेपाल तथा एशियाली अध्ययन केन्द्र (सिनास) र आइसीसीआर विच भएको सम्झौतामा भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने गरी हस्ताक्षर गरिएको छ ।

संयुक्त डिग्री कार्यक्रम सञ्चालन गर्ने

काठमाडौँ विश्वविद्यालय र आइसिसीआर विचको सम्झौतामा भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने, भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआइटीएम) विच सहयोग आदानप्रदान गर्ने, इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम) भारतविच स्नातकोत्तर तहमा संयुक्त डिग्री कार्यक्रम सञ्चालन गर्ने सम्झौता गरिएको छ ।

ती सम्झौतापत्रहरुमा भारतीय पक्षबाट विदेश सचिव विनयमोहन क्वात्राले हस्ताक्षर गरेका छन् भने नेपालको तर्फबाट लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राडा हृदयरत्न ब्रजाचार्य, काठमाडौँ विश्वविद्यालयका उपकूलपति प्राडा भोला थापा र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित सम्झौतामा त्रिभुवन विश्वविद्यालय नेपाल तथा एशियाली अध्ययन केन्द्र (सिनास) का कार्यकारी निर्देशक डा मृगेन्द्रबहादुर कार्कीले अलगअलग हस्ताक्षर गरेका छन् ।

Thuprai - Books and E-books