Bachelors Portal

मध्यपश्चिम विश्वविद्यालय र चाइना थ्री गर्जेज युनिभर्सिटी विच सम्झौता

Managed Admission 2022

मध्यपश्चिम विश्वविद्यालय, नेपाल र चाइना थ्री गर्जेज युनिभर्सिटी, चीन विच दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर  भएको छ। मैत्री सम्बन्ध स्थापना गरी आपसी समझदारीको भावनामा सहयोग आदान प्रदान गर्ने लक्ष्यका साथ सम्झौता सम्पन्न भएको हो ।

दुवै विश्वविद्यालयविच  प्राध्यापक तथा विद्यार्थीको आदानप्रदान, अनुसन्धान र प्रकाशनमा सहयोग लगायत समग्र विश्वविद्यालयको उन्नयन गर्ने रहेको बताइएको छ ।

सो सम्झौतामा मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा ध्रुव कुमार गौतम र चाइना थ्री गर्जेज युनिभर्सिटीका तर्फबाट प्रिजीडेन्ट यान हुआंगले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

एक समारोहका विच भएको सम्झौताम उपकुलपति प्राडा गौतमले दुई शैक्षिक संस्थाका विच भएको सम्झौता मार्फत प्राध्यापक तथा विद्यार्थी लाभान्वित हुनुका साथै आपसी समझदारी तथा दुई पक्षीय सहयोग विस्तार हुने विश्वास व्यक्त गरे । सम्झौता अवधी पाँच वर्षको रहेको छ भने आपसी समझदारीमा थप गर्न सकिने पत्रमा उल्लेख गरिएको को छ ।

Select college / campus