Bachelors Portal

काठमाडौं विश्वविद्यालय र साउथ एसिया इन्स्टिच्युटबीच  सम्झौता

Managed Admission 2022

काठमाडौं विश्वविद्यालय ९केयू० र साउथ एसिया इन्स्टिच्युट फर हिस्ट्री एण्ड फिलोसफी सहकार्य गर्ने सम्झौत भएको छ ।

समाज, प्रविधि र वातावरणका तीन विधालाई ध्यानमा राखेर इतिहास र दर्शनशास्त्रमा स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर भएको हो।

केयू स्कुल अफ आर्ट्सका कार्यवाहक डिन सह(प्राध्यापक एकुमाया पुन र एसआइएचपीका अध्यक्ष कनकमणि दीक्षितले  समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर समारोहमा विश्वविद्यालयका उपकुलपति प्रा।डा भोला थापाले नेपालको उच्च शिक्षा अध्ययनमा गुणस्तरीय सामाजिक विज्ञानको महत्त्वमा जोड दिए।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरूको सहयोगमा यो संस्था, यसको कार्यक्रम छिट्टै संस्थागत हुने र प्रस्तावित पाठ्यक्रम तथा अध्यापनले दक्षिण एसियाका थप विद्यार्थीलाई आकर्षित विश्वास व्यक्त गरे ।

काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार, प्राध्यापक अच्युत वाग्लेले उच्च शिक्षाको लक्ष्य राम्रो तालिम प्राप्त पेशाकर्मी उत्पादन गर्नु मात्र नभई ‘प्रतिबद्ध नागरिक र विचारक’का लागि वातावरण बनाइदिनु पनि हो, जसका लागि यो सहकार्य महत्त्वपूर्ण हुने र यसले त्यो लक्ष्य हासिल गर्ने विश्वास लिएको बताए। वाग्लेले यो सहकार्यले नेपाल तथा समग्र उपमहाद्वीपलाई फाइदा पुग्ने नयाँ बौद्धिक समुदायको विकास तथा विस्तारको आधार तयार हुने विश्वास लिएका छन्।

कार्यवाहक डिन एकुमाया पुनले सहकार्यले मानविकी विधालाई अझ गहिरो, फराकिलो र समृद्ध बनाउने विश्वास गरिन्। उनले यस सहकार्यले हिमालय क्षेत्र र दक्षिणएसियाली समुदायको साझा सामाजिक, प्राविधिक र वातावरणीय आकाङ्क्षा, वास्तविकता र चुनौतीलाई एकै मञ्चमा ल्याउने र चिन्तन गर्ने परम्परा विकास गर्न सकिने सम्भावनाको ढोका खुल्ने अवसर हुने विचार व्यक्त गरिन्।

साउथ एसिया इन्स्टिच्युट फर हिस्ट्री एण्ड फिलोसफीका अध्यक्ष कनक दीक्षितले उच्च शिक्षा अध्ययनमा कला, सामाजिक विज्ञान र मानविकी तर्फ देखिएको गहिरो खाडल पुर्नुपर्ने आवश्यकता देखेर त्यसतर्फ हात अगाडि बढाएकोमा काठमाडौँ विश्वविद्यालयप्रति कृतज्ञता जनाए। उनले केयू र SIHP का स्नातकहरूले प्राज्ञदेखि राज्य प्रशासन, कानून र न्याय, वातावरण, प्रविधि, मिडिया र विभिन्न पेशा मार्फत् विभिन्न क्षेत्रलाई समृद्ध बनाउने विश्वास गरे। उनले SIHP को शैक्षिक कार्यक्रमका निर्देशक इतिहासविद् योगेश राजको सक्षम नेतृत्वले नेपाल, हिमाली क्षेत्र र समग्र दक्षिणएसियालाई जोड्न र बुझ्न सहयोग हुने खालका प्राज्ञिक कर्महरू फैलनेमा विश्वस्त रहेको जनाए।

Select college / campus