After SEE Portal

तीन महिनापछि संस्कृत विश्वविद्यालयको ताला खुल्यो

Bridge Course

नेपाल संस्कृत विश्वविद्यालयमा लागेको उच्च अदालतको आदेशसंगै तीन महिनापछि आज खुलेको छ । विभिन्न १४ बुँदे माग राख्दै नेपाल विद्यार्थी संघले विश्वविद्यालयमा लगाएको ताला करिब तीन महिनापछि आज खोलेको हो ।

साउन २२ गते आइतवार उच्च अदालत तुलसीपुरले विश्विद्यालयमा लागेको ताला खोल्न भन्दै अन्तरिम आदेश जारी गरेपछि आन्दोलनरत नेपाल विद्यार्थी संघ नेपाल संस्कृत विश्वविद्यालय संर्घष समितिले बुधवार ताला खोलेको छ।

अदालतको आदेशको सम्मान गर्दै उपकुलपती कार्यालय, शिक्षाध्यक्ष कार्यालय, शिक्षाध्यक्ष कार्यालय मातहातमा रहेको शैक्षिक प्रशासन महाशाखा, कुलसचिव र बजेट महाशाखामा लगाएका ताला खोलिएको विश्वविद्यालयले जानकारी दियो ।

विश्वविद्यालयमा लागेको तालाबन्दीविरुद्ध अधिवक्ता कुलबहादुर भण्डारीले गरेको मुद्दामाथि फैसला सुनाउँदै उच्च अदालतले तालाबन्दीले पठनपाठनमा असर पुगेको भन्दै आन्दोलनरत विद्यार्थी संगठनलाइ ताला खोल्न अन्तिरिम आदेश जारी गरेको थियो ।

यसैगरी नेरास्वयुले विश्विद्यालयको शिक्षा आयोगको शाखामा लगाएको ताला हिजो नै खोलिएको छ । नेविसंघले १४ बुदे माग राख्दै गत वैशाख १९ गते विश्वविद्यालय केन्द्रीय कार्यालयमा ताला लगाएका थिए । त्यसपछि गत जेठ २९ गते आन्दोलनरत पक्ष र प्रशासनविच ११ बुँदे सहमति भएको भएपनि विद्यार्थीले ताला खोलेका थिएनन् ।

A Levels MA
Thuprai - Books and E-books