After SEE Portal

५० प्रतिशत इन्टर्नसिप भत्ता प्रदान गर्ने सहमति पछि विश्वविद्यालयको ताला खुल्यो

Bridge Course

नेपाल संस्कृत विश्वविद्यालयमा ५० प्रतिशत इन्टर्नसिप भत्ता प्रदान गर्ने सहमतिसहित ५५ दिनपछि बन्द ताला खोलिएको छ ।

विश्वविद्यालयको अधिकृत स्तरको सुरुवाती तलवको ५० प्रतिशत बराबरको इन्टर्नसिप भत्ता प्रदान गर्ने सहमति पछि ताला खोलिएको हो ।

विश्वविद्यालयद्वारा आयुर्वेद अध्ययन संस्थानका डीन प्राडा चन्द्रप्रसाद भुसालको अध्यक्षतामा गठित वार्ता टोलीले यो सहमति गरेपछि ताला खोलिएको भुसालले जानकारी दिए ।।

गत असार ३ गते स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय आयुर्वेद विद्यापीठले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाएको ताला आज खोलिएको हो ।

स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय आयुर्वेद विद्यापीठले इन्टर्नसिप भत्ता बृद्धिको माग गर्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा ताला लगाएको थियो । आफूहरुले राखेको माग पुरा भएपछि ताला खोलिएको स्वयुका अध्यक्ष हेमन्त वञ्जाडेले बताए ।

विश्वविद्यालयका उपकुलपति प्राडा यादवप्रकाश लामिछाने, शिक्षाध्यक्ष प्राडाभीम खतिवडा, कुलसचिव सहप्राध्यापक माधव अधिकारीसहित कर्मचारीको उपस्थितिमा ताला खोलिएको छ ।

विश्वविद्यालयको सेवा आयोगमा नेपाल विद्यार्थी संघले गत असार ९ गते लगाएको ताला भने अझै खुलेको छैन ।

A Levels MA