After SEE Portal

करिब एक महिनापछि काममा फर्किए प्रतिष्ठानका शिक्षक कर्मचारी

Bridge Course

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक कर्मचारी काममा फर्किएका छन् । २०७९ पुस २० गते र सोही वर्षको माघ २५ गते गरिएको विज्ञापनका अन्तर्वार्ता आगामी फागुन ६ गतेबाट सुरु गरी अन्तर्वार्ता सकिएको एक हप्तापछि नतिजा सार्वजनिक गर्ने सहमति भएपछि प्रतिष्ठानमा कार्यरत शिक्षक कर्मचारी काममा फर्किएका हुन् ।

पठनपाठन नियमित गराउने माग सहित रिले अनसनमा बसेका विद्यार्थी, आन्दोलनरत शिक्षक कर्मचारी र प्रतिष्ठानको कार्यकारिणी समितिको बैठकको निर्णय नं. ६०८ र ६०९ मा फागुन ६ गते देखि अन्तर्वार्ता गर्ने निर्णय भएकोले आज प्रतिष्ठानको गतिरोध अन्त्यका लागि आन्दोलनरत पक्षसंग पदाधिकारीले सहमति गरेको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा कामु उपकुलपति प्राडा प्रह्लाद कार्की, अस्पताल निर्देशक डा.जगत नारायण प्रसाद, शिक्षक कल्याण समाजका अध्यक्ष सेराज अहमद खान, कर्मचारी कल्याण समाजका अध्यक्ष कविता ढकाल र विद्यार्थी कल्याण समाजका अध्यक्ष डा. ओमशान्ति रजकको हस्ताक्षर भए पनि प्रतिष्ठानका दुई पदाधिकारी शिक्षाध्यक्ष र रजिष्ट्रारको भने हस्ताक्षर छैन ।

सो विज्ञप्तिमा आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारीलाई प्रतिष्ठानको व्यवस्थापन पक्षले कारवाही नगर्ने, शिक्षक कर्मचारी र विद्यार्थीको आन्दोलन फिर्ता भएको उल्लेख गरिएको छ ।

वर्षौदेखि रोकिएको बढुवा प्रक्रिया सञ्चालनको माग गर्दै शिक्षक कर्मचारी बढुवाको माग गर्दै र विद्यार्थीहरू पठनपाठनको माग गर्दै आन्दोलनमा उत्रिएका थिए ।

शिक्षक कर्मचारी २९ पुसदेखि काम छाडेर आन्दोलनमा उत्रिएका थिए । भने विद्यार्थीहरू पठनपाठनको माग गर्दै माघ १५ गतेदेखि अनसनमा बसेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक बोलाउन माघ ७ गते निर्देशन दिएका थिए । आफ्नै कार्यकक्षमा उपकुलपतिलाई बोलाएर प्रधानमन्त्री ‘प्रचण्ड’ ले भने, ‘तपाईंले पदाधिकारीलाई काठमाडौँ नबोलाउनुस्, तपाईं धरान जानुस्, कार्यकारिणी समितिको बैठक बोलाउनुस्, अन्तर्वार्ताको मिति तोक्नुहोस् र नियमावली संशोधनको प्रस्ताव सिनेटमा लैजाने निर्णय गर्नुस् ।’

माघ २ गते प्रधानमन्त्रीले सहकुलपति तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतलाई फोन गरेर  कानुनअनुसार २१ दिनको समय राखेर सिनेटको मिति तोक्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

यसअघि पनि गत कार्तिक २० गते शिक्षक, कर्मचारी र व्यवस्थापन पक्षको छुट्टा छुट्टै ४ बुँदे सहमति भएको थियो । सो सहमतिमा आवश्यक विधि र प्रक्रिया पूरा गरेर बढुवाका लागि पुस २ देखि १५ गतेसम्म अन्तर्वार्ता सञ्चालन गर्ने भनिएको थियो । तर उपकुलपतिले चासो नदिएपछि पुस २९ गतेदेखि शिक्षक तथा कर्मचारी कल्याण समाजले आन्दोलन सुरु गरेको कर्मचारी  कल्याण समाजका अध्यक्ष ढकालले जानकारी दिइन् ।

A Levels MA
Thuprai - Books and E-books