After SEE Portal

मध्यपश्चिम विश्वविद्यालय नयाँ कलेजलाई सम्बन्धन दिने

Bridge Course

मध्यपश्चिम विश्वविद्यालयले नयाँ सम्बन्धनका लागि आवेदन खुला गरेको छ । स्नातक तह र स्नतकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमका लागि सम्बन्धन वितरणका लागि आवेदन खुला गरेको हो ।

मध्यपश्चिम विश्वविद्यालय ऐन, २०६७ को दफा १९, मध्यपश्चिम विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनिक नियमावली २०६९ को नियम १५८ (१) र मध्यपश्चिम विश्वविद्यालय शैक्षिक संसथागत नमुना तथा सम्बन्धन सम्बन्धी कार्यविधि २०७९ को परिच्छेद ३ को दफा ३ उपदफा २ मा व्यवस्था भएबमोजिम सम्बन्धनका लागि आवेदन खुला गरिएको जनाएको छ ।

सामुदायिक, निजी वा सहकारीको स्वमित्वमा आधारित विश्वविद्यालयका पूर्ववत् सम्बन्धन प्राप्त शैक्षिक संस्थामा स्नातक र स्नातकोत्तर तहमा थप शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्न र नयाँ सम्बन्धनमा सो तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्न इच्छुक संस्थाहरुबाट सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिनुपर्ने  सूचनामा उल्लेख गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books