After SEE Portal

मेडिकलका विद्यार्थीको भर्ना अनिश्चित

Bridge Course

नतिजा प्रकाशित भएको तीन साता बित्दा पनि चिकित्सा शिक्षाका विद्यार्थी भर्नाको अत्तोपत्तो छैन ।

चिकित्सा शिक्षा आयोगले गएको चैत १८, २० र २१ गते चिकित्सा शिक्षाको स्नातक तहका लागि लिखित परीक्षा सञ्चालन गरेको तथा चैत २३ गतेबाट नतिजा सार्वजनिक गर्न थालेको थियो । परीक्षा उत्तीर्ण भएका विद्यार्थीले म्याचिङ प्रणालीअनुसार गएकै महिनामा कलेज छनोट गर्न अनलाइन आवेदन दिनुपर्ने थियो । यतिबेलासम्म विद्यार्थीको सम्बन्धित मेडिकल कलेजमा भर्ना प्रक्रिया सुरु भइसकेको हुनुपर्ने थियो ।

म्याचिङ प्रणालीअनुसार अनलाइन आवेदन फाराम नखुलाइएपछि यतिबेला परीक्षा उत्तीर्ण भएका सयौँ विद्यार्थीले दैनिक आयोगमा फोन गर्ने गरेका छन् । आयोगका कर्मचारीहरू फोन उठाउँदा उठाउँदा हैरान नै भइसकेको गुनासो गर्छन् तर पदाधिकारीलाई केही बितेको छैन । उत्कृष्टताका आधारमा विद्यार्थीले छनोट गरेको कलेजमा भर्ना पाउने व्यवस्था छ । विद्यार्थीले इच्छाअनुसार जति पनि कलेज छनोट गर्न पाउने अवस्था रहन्छ ।

विदेशमा भर्ना खुला भइसकेको छ र आयोगको परीक्षा उत्तीर्ण गरेका अब्बल विद्यार्थी धमाधम विदेश जान प्रक्रिया अगाडि बढाइसकेका छन् । यसले गर्दा नेपालका मेडिकल कलेजले उत्कृष्ट विद्यार्थी पाउने सम्भावना कम हुँदै जाने प्रति आयोगका कर्मचारी पनि चिन्तित छन् ।

आयोगले चिकित्सा शिक्षामा स्नातकका विभिन्न विषयमा साढे आठ हजार सिटका लागि सञ्चालन गरेको परीक्षाका लागि करिब साढे ३५ हजार विद्यार्थीले आवेदन दिएका थिए । सिट निर्धारण सिफारिस समितिले गएको चैत १ गते प्रतिवेदन आयोगलाई पेस गरिसकेको थियो । कलेजलाई कार्यक्रमगत सिट सङ्ख्या सिफारिस गर्ने दायित्व समितिको हुन्छ । सो सिफारिसलाई आयोगको कार्यकारी समितिले पारित गर्नुपर्ने हुन्छ । कार्यकारी समितिमा आयोगका उपाध्यक्ष, सदस्यसचिवका साथै चार जना निर्देशक र दुई जना विज्ञ रहने व्यवस्था छ । आयोगका एक पदाधिकारीले आफ्नो नाम उल्लेख नगरिदिन आग्रह गर्दै भने, “अझैसम्म कलेजको सिट निर्धारण नै भएको छैन । त्यसैले विद्यार्थी अन्योलमा छन् । यो काम हामीलाई पनि चित्त बुझाइ भइरहेको छैन ।”

गएको मङ्सिर महिनामा आयोगले मेडिकल कलेजमा विद्यार्थी सिफारिस गरेको थियो । त्यसबेला लिइएको परीक्षामा अधिकाँश अनुत्तीर्ण हुँदा धेरै कलेजले विद्यार्थी पाउन सकेनन् । यो अवस्था अन्त्य गर्ने भनेर आयोगले यसपटकबाट पर्सनटाइल विधि अपनाएको छ । विश्वका धेरै मुलुकमा अपनाइएको यो विधिअनुसार करिब आधा प्रतिशत विद्यार्थी उत्तीर्ण हुने अवस्था रहन्छ ।

गत वर्ष धेरै कलेजमा सिट खाली भएपछि शिक्षा र स्वास्थ्यसम्बन्धी संसदीय समितिले तत्काल परीक्षा सञ्चालन गरी कलेजमा विद्यार्थी पठाउन निर्देशन दिएको थियो । त्यसैले आयोगले अघिल्ला विद्यार्थी भर्ना भएको छ महिना नबित्दै नयाँ भर्ना प्रक्रिया थालेको थियो । हुन त गत वर्ष भर्ना भई अध्ययन गरिरहेका विद्यार्थीका कारण कक्षाकोठा खाली नभएकाले तत्काल नयाँ विद्यार्थी नपठाउन पनि केही कलेजले आयोगका पदाधिकारीलाई अनुरोध गर्ने गरेको पनि कर्मचारीहरु सुनाउँछन् ।

आयोगका सदस्यसचिव डा. भोजराज काफ्लेले शुल्क निर्धारण हुन नसक्दा पनि विद्यार्थी भर्ना प्रक्रिया अगाडि बढ्न नसकेको बताए । “सीसीईभीटी र विश्वविद्यालयका कार्यक्रम एउटै संस्थामा सञ्चालन गर्न नपाउने व्यवस्था छ । तर कतिपय संस्थामा दुवै निकायका कार्यक्रम सञ्चालन भइरहेका छन्” उनले भने, “त्यस बारेमा स्पष्ट नभएकाले पनि म्याचिङका लागि ढिला भएको हो । छिटै काम अगाडि बढ्ला ।”

 

 

 

A Levels MA
Thuprai - Books and E-books