After SEE Portal

एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा करिब ७ हजार उत्तीर्ण (नतिजासहित)

Bridge Course

चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएसको एकीकृत प्रवेश परीक्षा (एमईसीईई(बीएल २०२३) मा  ६ हजार ६६९ जना  उत्तीर्ण भएका छन् । १ हजार ८९५ सिट  निर्धारण गरेको आयोगले लिएको परीक्षामा ४ हजार ७७४ जना बढी विद्यार्थी उतीर्ण भएका हुन् ।

आयोगले गत फागुन २४ गते लिएको प्रवेश परीक्षा सञ्चालन गरेको थियो । आयोगले जारी गरेको सूचनामा परीक्षामा मर्याता विपरीत कार्य गर्ने दुई जनाको परीक्षा रद्द गरिएको छ भने, उत्तरपुस्तिकामा रोल नम्बरमा गोलो लगाउन बिगारेका २१३ विद्यार्थी र उत्तरपुस्तिकामा प्रश्न सेट र रोल नम्बर दुवैमा बबल बिगारेका २३  जनाको परीक्षार्थीको उत्तरपुस्तिका रद्द गरिएको उल्लेख गरेको छ ।

विद्यार्थीले पुनर्योगका लागि चैत ८ गते बिहान १० बजेदेखि चैत १० गते अपराह्न ५ बजेभित्र आवश्यक प्रकृया पूरा गरी निवेदन दिनसक्ने आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

एकीकृत प्रवेश परीक्षा (एमईसीईई(बीएल २०२३) को नतिजा

A Levels MA
Thuprai - Books and E-books