A Levels MA

बागमतीमा वर्ल्ड क्लास विश्वविद्यालयको स्थापना गरिने

बागमती प्रदेशमा कम्तीमा २० प्रतिशत विद्यार्थी र ६० प्रतिशत प्राध्यापकलाई आवासीय सुविधा सहितको वर्ल्ड क्लास विश्वविद्यालयको स्थापना गरिने भएको छ ।

बागमती प्रदेशको शिक्षा नीति, २०७७ को प्रारम्भिक मस्यौदामा सञ्चालनमा रहेका र स्थापना हुने विश्वविद्यालयमा विषयगत र बहु विषयका वर्ल्ड क्लास विश्वविद्यालय स्थापना गरिने उल्लेख गरिएको छ ।

प्रदेशको शिक्षा नीति नं. ९ः १६ मा प्रदेशमा स्थापना गरिने  विश्वविद्यालयमा कम्तीमा पाँच प्रतिशत विदेशी विद्याथी पढ्न आउने वातावरण तयार गरिने उल्लेख गरिएको छ ।

यस्तो छ बागमती प्रदेश सरकारले तयार गरेको शिक्षा नीति

Thuprai - Books and E-books