After SEE Portal

एक प्राविधिक विद्यालय एक उद्यम कार्यक्रमका लागि प्रस्ताव माग

Bridge Course

सरकार सामाजिक विकास मन्त्रालय बागमती प्रदेश एक प्राविधिक विद्यालय एक उद्यम कार्यक्रमका लागि प्रस्ताव माग गरेको छ ।

चालु आव २०७९–८० मा मन्त्रालयको वार्षिक कार्यक्रम अन्तर्गत एक प्राविधिक विद्यालय एक उद्यम कार्यक्रम सञ्चालन कार्यविधि २०७८ बमोजिम प्रस्ताव माग गरेको हो ।

उक्त कार्यविधिको अनुसूचि १ को ढाँचामा आवेदन र अनुसूचि २ बमोजिम विद्यालयले उद्यमको व्यावसायिक योजना सहित पन्ध्र दिनभित्र सामाजिक विकास मन्त्रालयमा प्रस्तावपत्र पेश गर्न इच्छुक प्राविधिक विद्यालयहरुबाट प्रस्ताव माग गरेको छ ।

सम्बन्धित निकायबाट प्राप्त प्राविधिक धार सञ्चालन गर्ने अनुमति पत्रको प्रतिलिपि, उद्यम सञ्चालनका लागि व्यावसायिक परियोजना प्रस्ताव कार्यक्रम मार्फत ३ उद्यम सञ्चालन गर्ने सम्बन्धी विद्यालय व्यवस्थापन समितिको निर्णय, उद्यम कोषमा मन्त्रालयले उपलब्ध गराएको रकमको कम्तिमा २० प्रतिशत साझेदारी गर्ने सम्बन्धित विद्यालय व्यवस्थापन समितिको निर्णय, विगत ३ वर्षको एसईईको नतिजामा २.४ भन्दा बढी ल्याउने प्राविधिक धारमा अध्ययन गर्ने विद्यार्थी संख्या र प्रतिशत उल्लेख गर्नु पर्ने सूचनामा उल्लेख गरेको छ ।

सूचनामा विद्यालयको नाममा भएको जग्गा भए जग्गाधनी प्रमाण पुर्जा र जग्गा भाडामा लिएको भए कम्तिमा ५ वर्ष जग्गा उपलब्ध गराउने गरी भएको करार सम्झौता, उद्यम कोषमा स्थानीय तहले साझेदारी गर्ने भए सोको संस्थाको निर्णय, विद्यालयको उद्यम सञ्चालनको अनुभव भए सोको प्रतिवेदन तथा सो सम्बन्धी सम्बन्धित स्थानीय तहको सिफारिस पत्र संलग्न गर्नु पर्ने सूचनामा उल्लेख गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books