बन्दाबन्दीमा एक शिक्षक

 

बैशाख महिनाको पहिलो हप्ता देखि नै बालबालिकाहरू नयाँ कक्षामा नयाँ उत्साहका साथ अध्ययन गरिरहेका हुन्थ्यो । परिस्थिति सहज भै दिएको भए माथिल्लो कक्षा चढेर बालबालिका पढिरहेका हुन्थे भने शिक्षक पढाइ रहेका हुन्थे । सबैमा नयाँ उत्साह हुन्थ्यो । तर यो इच्छा विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड -19) का कारण ले गर्दा पुरा हुन सकेन ।

यो महामारी विश्वका १८५ देशमा फैलिएका कारण बिश्वका १.२५ अरब विद्यार्थीहरु घर भित्र बस्न बाध्य भए । त्यसमा म जस्ता लाखौ लाख शिक्षकहरु पनि अछुतो हुन सकिएन । घरमा बस्यो । कहिले नदिएको समय परिवारलाई दियो त्यसबाट बचेको समय मैले चाहिँ २०७६ चैत्र १६ गते MBR विश्वविद्यालयबाट कोरोना सम्बन्धी तालिममा सहभागी भए । यसमा कोरोनाको उत्पति, यसका लक्षणहरु, सर्ने माध्यम, आदिको बारेमा जानकारी लिए ।

एसईईका विद्यार्थीसंग zoom मा कक्षा तथा messenger मा SEE GROUP 2076/77 निर्माण गरी विद्यार्थीले सोधेका समस्याको समाधान दिने गरेको छु । म मेरा विद्यार्थीलाई हरेक दिन कोरोना संक्रमण, रोकथाम र यसबाट बच्ने उपायका बारेमा भन्ने गर्छु । मेरा हरेक दिन विहानको नित्यकर्म पछि परिवार र विद्यार्थीसंग बितिरहेका छन् ।

२०७७ बैशाख ३ गते WHO बाट संचालित कोरोना सम्बन्धी SARI treatment facility Design मा सहभागी भए । यहाँबाट सिकेका कुरा म मेरा सहकर्मी शिक्षक, अभिभावक र विद्यार्थीलाई बाँडेने काम गरिरहेको छु ।

म हर बखत बालबालिकालाई व्यवहारिक शिक्षा कसरी प्रदान गर्न सकिन्छ भन्ने विषयमा सोच्ने गर्छु । मलाई विभिन्न देशका शिक्षण विधिहरू मध्ये फिलिपिन्सको शिक्षण अभ्यास, मूल्याङ्कन पद्धति र चिनियाँ शिक्षण विधि मन पर्यो । म लकडाउन पछि मेरा हरेक कक्षामा यिनै अभ्यासलाई लागु गर्ने कोशिष गर्ने छु ।

मेरा सबै विद्यार्थीलाई इमेलमा पुस्तकको पीडीएफ फाइल पठाएको छु । उनीहरूले पढे भन्ने अपेक्षा गरेको छु । म मेरा विद्यार्थीले ती पाठ्यपुस्तकमा नबुझेका कुरा सोधे भने, खोजे भने हरबखत उनीहरुसंग हुने छु ।

अहिले विश्व जटिल मोडमा पुगेको छ । कोरोनाको संक्रमणले विज्ञानलाई नै चुनौती दिइरहेको छ । नेपालले पनि यसको सामना गरिरहेको छ । ५२ दिन अघिदेखि सबै घरैभित्र बसेका छन् । विकल्प छैन बाहिर जाने । औषधी अझै विश्वले पत्ता लगाउन सकेको छैन । त्यसले अब यस्ता चुनौतीहरूको सामना गर्ने विद्यार्थी उत्पादन गर्नु छ । विद्यार्थीलाई हरबखत जिज्ञासु र खोजी गर्न सक्ने बनाउनु छ । त्यसैले म नयाँ र आधुनिक शिक्षण विधिको खोजीमा छु । विश्वका हरेक शिक्षण मोडल तथा अभ्यासको अध्ययन गरिरहेको छु ।

हामी यसले यो दिएन उस्ले यो दिएन भनेर गुनासो गर्छौं । तर हामीले दिनु पर्ने ठाउँमा कतै थोरै मात्र दिन सक्यौं कि ? वा दिननै सकेनौं कि भनेर कहिले फर्किएर हेर्दैनौं । त्यसैले हामी शिक्षकले समाज रुपान्तरणका लागि योग्य जनशक्ति उत्पादन गर्न सक्ने शिक्षण विधिको यो लकडाउनमा खोजी गर्नु उत्तम हुन्छ कि !

यो लक डाउनमाा म, कोरोना सम्बन्धी देउडा गीत, मजदुरको पीडा र विद्यार्थीको पीडा सम्बन्धी कविता लेखेर , नयाँ शिक्षण विधिको खोजी गरेर समय बिताउँ छु । तपाईँ नि ?