A Levels MA

निजामती कर्मचारी र शिक्षकबिच समान तहमा ग्रेड संख्या बराबर गराउन सुझाब

नेपाल शिक्षक महासंघले उच्च स्तरीय सुविधा आयोगलाई निजामती सेवाका कर्मचारी र शिक्षकबिच समान तहका बिचमा ग्रेड संख्या बराबर गराउन सुझाब दिएको छ ।

महासंघले सामुदायिक विद्यालयका शिक्षकको हकमा समान तहका निजामती कर्मचारीको भन्दा अन्तिम ग्रेड संख्या कम रहेकोले सो ग्रेड संख्या वृद्धि गरी ग्रेड बराबर गर्न सुझाब दिएको हो ।

साथै बाल विकास तह (ईसीडी)का शिक्षकलाई हाल पारिश्रमिक स्वरुप मासिक १५ हजार दिइरहेकोमा निजहरुलाई प्राथमिक  तह तृतीय श्रेणी शिक्षक बराबर रकम पारिश्रमिक  उपलब्ध गराउन  सुझाएको छ ।

त्यसैगरी शिक्षकहरूको तहगत बढुवामा प्रबन्ध भएअनुसार तलवमानमा फरक रहेको हुँदा  तह र श्रेणी अनुसार तलवमान मिलाउनुपर्ने सुझाब पेश गरेको छ ।

Thuprai - Books and E-books