After SEE Portal

चीनमा रहेका विद्यार्थीलाई केहि दिनमै नेपाल ल्याइदैं, तयारी अन्तिम चरणमा

Bridge Course

कोरोना भाइरस संक्रमण प्रभावित देश चीनको हुबेई प्रान्तको उहान शहरमा रहेका नेपाली विद्यार्थीहरुलाई आगामी ३ फागुनसम्म नेपाल ल्याइने गरी गृहकार्य अघि बढाइएको छ । 

चीनको उहान शहरमा रहेका एक सय ८० जना नेपाली विद्यार्थी लाई ल्याउन सरकारले तीव्र रुपमा गृहकार्य अघि बढाएको छ । त्यसका लागि नेपाल वायु सेवा निगमको विमानले उनीहरूलाई चीनबाट ल्याउने तयारी सरकारको छ । एयरबस ३३०–२०० सिरिजको दुई सय ७४ सिटे जहाज चीनको वुहान पठाउने तय भइसकेको नेपाल वायु सेवा निगमले जनाएको छ । यस्तै ती विद्यार्थीहरूलाई सुरक्षित स्थानमा राख्न चार ठाउँमा क्वारेन्टाइन बनाइदैंछ । 

चीनवाट उद्धार गरी ल्याइने विद्यार्थीलाई शिवपुरीस्थित नेपाली सेनाको तालिम केन्द्र, इचंगुनारायणस्थित सुकुम्वासीका लागि वनाइएको अपार्टमेन्ट सूर्यविनायकस्थित कृषि तालिम केन्द्र र खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्ने तयारी छ । 

यसैविच, कोरोना प्रभावित चीनको उहान शहरबाट ल्याइने नेपाली विद्यार्थीका लागि सरकारले आइसोलसेन बेड तयारी अवस्थामा राखेको जनाएको छ । उनीहरूलाई त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा परीक्षण गरिने, स्वस्थ भएकालाई क्वारेन्टाइनमा राखिने र जोखिममा रहेकालाई सिधै अस्पतालमा लगिने सरकारको तयारी छ । त्यसका लागि स्वास्थ्यकर्मिहरूलाई तालिम समेत दिइएको छ । स्वास्थ्य  परीक्षण गर्दा जोखिममा रहेका विरामीलाई एम्वुलेन्स मार्फत् सिभिल अस्पताल, भक्तपुर अस्पताल तथा त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, पाटन अस्पताल लगायतमा लगिने छ । 

A Levels MA
Thuprai - Books and E-books