After SEE Portal

लघुअनुसन्धान प्रस्तावना एकल रूपमा मात्र गर्न पाइने

Bridge Course

त्रिभुवन विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय डिनको कार्यालय लघुअनुसन्धान प्रस्तावना एकल रूपमा मात्र पेश गर्न पाउने प्रावधान कायम गरेको छ । विद्यापरिषद्को बैठकले लघुअनुसन्धान प्रस्तावना एकल रुपमा मात्र गर्न सक्ने प्रावधानको सुरुआत गरेको  हो ।

डिन कार्यालयले  पूर्व प्रकाशन गरेको सूचनामा आवश्यक कागजातहरूको विवरणमा उल्लेख भएको बुदा नं ६ मा “शिक्षक तथा कर्मचरीहरूले एकल वा संयुक्त रूपमा लघुअनुसन्धान प्रस्तावना पेश गर्न सकिने छ । संयुक्त रूपमा प्रस्तावना पेश गर्दा विद्यावारिधि र सावधिक पदमा रहेका शिक्षक तथा कर्मचारीहरूले सहायक अनुसन्धानकर्ताको रूपमा मात्र आवेदन दिन सकिने छ” भन्ने उल्लेख भएकोमा  उक्त प्रावधान हटाएको छ ।

डिन कार्यालयले आर्थिक वर्ष २०७९–०८० को नियमित लघु अनुसन्धान कार्यक्रमका लागि शिक्षाशास्त्र संकायमा कार्यरत पूर्णकालीन शिक्षक तथा प्राध्यापकहरूबाट कार्तिक १८ गते दिनको ४ बजे भित्र कार्यालयमा आइपुग्ने गरी प्रस्तावना पेश गर्न सूचना जारी गरेको थियो ।

उक्त सूचनामा संयुक्त रुपमा प्रस्तावना पेश गर्न सकिने उल्लेख भएकोमा  सो प्रावधान हटाएको छ ।

लघुअनुसन्धान प्रस्तावना सम्बन्धि विस्तृत विवरण

A Levels MA