MBA Managed Admission
Masters Portal

मावि अङ्ग्रेजीमा आवेदक धेरै, निमाविमा ७८ हजार ४७८ जनाको दरखास्त

I Tech store

माध्यमिक तह तृतीय श्रेणीका शिक्षक छनोटका लागि शिक्षक सेवा आयोगले गत पुस २५ गते गरेको विज्ञापनमा अङ्ग्रेजी विषयमा आवेदन दिने उम्मेद्वार बढी रहेका छन् । आयोगले ८४ पदका लागि गरेको विज्ञापनमा ९ हजार ७२५ जनाले आवेदन दिएका छन् ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाका अनुसार नेपालीमा ९ हजार ९७, गणितमा ५ हजार ६२६, विज्ञानमा ५२५०, सामाजिक अध्ययनमा ६२२७, अर्थशास्त्रमा ४८८, कार्यालय सञ्चालन तथालेखामा १ हजार ३९२, शिक्षामा १४८, स्वास्थ्य शिक्षा २१४, शुक्लयजुर्वेमा २ जना, संस्कृत व्याकरणमा १३, संस्कृत भाषामा ३८, कम्प्युटर विज्ञानमा १०८, संस्कृत साहित्यमा ५ जनागरी जम्मा ३८ हजार ३३७ जनाले आवेदन दिएका छन् ।

आयोगले नेपाली १११, अंग्रेजी ८४, गणित २०८, विज्ञान १९१, सामाजिक अध्ययन ५४, अर्थशास्त्र ८ पदमा, कार्यालय सञ्चालन तथा लेखा विषयको लागि १५ जनाका लागि आवेदन माग गरेकोमा माग १६ गते विज्ञापन संशोधन गरेको थियो ।

शिक्षक सेवा आयोगले गत पुस २५ गते गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटको विज्ञापनमा आयोगले नेपाली १११, अंग्रेजी ८४, गणित २०८, विज्ञान १९१, सामाजिक अध्ययन ५४, अर्थशास्त्र ८ पदमा, कार्यालय सञ्चालन तथा लेखा विषयको लागि १५ जनाका लागि आवेदन माग गरेको थियो ।

आयोगले माघ १६ गते विज्ञापन संशोधन गर्दै केही विषयमा पद थप घट समेत गरेको छ ।

संशोधित सूचना

 निमाविमा ७८ हजार ४७८ जनाको दरखास्त

 आयोगले गत माघ २७ गते आव्हान गरेको निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि गरेको विज्ञापनमा अहिले सम्म ७८ हजार ४७८ जनाले दरखास्त दिएका छन् ।

आयोगले नेपाली विषयका लागि ६५, अङ्ग्रेजीका लागि ११६, गणितका लागि १४४, विज्ञानका लागि २८२, सामाजिकका लागि ८९, शुक्लयजुर्वेदका लागि १, गणित विज्ञानका लागि ३५१, संस्कृत व्याकरण ३, संस्कृत भाषाका लागि ४, संस्कृत कर्मकाण्डका लागि १ दरबन्दीका लागि विज्ञापन गरेको थियो ।

नियमित शुल्कमा फागुन २८ गते सम्म र दोब्बर दस्तरमा चैत्र ५ सम्म आवेदन दिने म्याद तोकेको थियो ।

संशोधित सूचना

Thuprai - Books and E-books