After SEE Portal

कैलालीमा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि कानुन बन्दै (विधेयक सहित)

Bridge Course

 सुदुरपश्चिमको कैलालीमा  केन्द्रीय कार्यालय रहनेगरी सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको तयारी थालिएको छ ।

संसदको चालु अधिवेशनमा राष्ट्रिय सभामा गत असोज १९ गते  राष्ट्रिय सभामा  विधेयक दर्ता भएको थियो  भने असोज २६ गते सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई सैद्धान्तिक छलफलपछि सर्वसम्तीले दफवार छलफलका लागि स्वीकृत गरेको छ ।

गेटा मेडिकल कलेजको निर्माधीन तथा निर्मित भवनबाट विश्वविद्यालय सञ्चालन गर्नेगरी विधेयक प्रस्तुत गरिएको छ ।

चकित्सा शिक्षा सञ्चालन गर्ने संस्था वा प्रतिष्ठानलाई एकीकृत गर्ने लक्ष्य सहित सो विधेयक संसदमा प्रस्तुत गरेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले बताए ।

कलेज सञ्चालन गर्ने घोषणाको १४ वर्ष पछि विश्वविद्यालय

आर्थिक वर्ष २०७२–७३ मा पहिलो पटक मेडिकल कलेज सञ्चालनका लागि बजेट विनियोजन भएर काम थालिएको एक दशक पुग्न लाग्दा सोही कलेज विश्वविद्यालयको संरचनामा सञ्चालन गर्ने तयारी थालिएको हो ।

गोदावरी नगरपालिका–५, गेटामा केन्द्रीय कार्यालय रहने विश्वविद्यालय निर्माणका लागि तत्कालीन अर्थमन्त्री रामशरण महतले बजेट विनियोजन गरेका थिए ।

गेटामा मेडिकल कलेज स्थापना गर्ने निर्णय २०६६ सालमा नै भएको थियो । तर सात वर्षपछि मात्रै बजेट विनियोजन भएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको दाबी छ । गेटामा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समिति (गठन) आदेश २०७१ अनुसार पूर्वाधार्र  हालसम्म ५३ वटा भौतिक संरचना निर्माण भइसकेका छन् । मन्त्रालयका अनुसार सोही संरचनामा शिक्षण अस्पताल सहितका प्राज्ञिक तथा स्वास्थ्य सेवातर्फका कार्यक्रम सञ्चालन हुने तयारी गालिएको हो।

खुला प्रतिस्पर्धाबाट उपकुलपति

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति तथा अन्य पदाधिकारी खुला प्रतिस्पर्धाबाट गर्ने व्यवस्था विधेयकमा  समेटिएको छ ।  विधेयकको यो व्यवस्था सर्वसम्मतले पारित भएमा विश्वविद्यालयमा नयाँ अभ्यास सुरु हुने छ । ‘विश्वविद्यालय सभाको सदस्यको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति रहने छ ।’ विधेयकमा लेखिएको छ, ‘उक्त समितिले खुला स्पर्धाका लागि आह्वान गर्ने र परेको आवेदनमध्येबाट बढीमा सात र कम्तीमा तीन जना उम्मेदवारको सङ्क्षिप्त सूची तयार गरी त्यस्ता उम्मेदवारको अन्तर्वार्ता लिने ।’

प्रतिष्ठानमा सहकुलपति स्वास्थ्यमन्त्री रहने  विधेयकमा व्यवस्था छ । विश्वविद्यालयमा शिक्षामन्त्री सहकुलपति रहने प्रस्ताव गरिएको छ । मन्त्रिपरिषद् बैठकले गत माघमा गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० पढ्नुहोस्ः

A Levels MA
Thuprai - Books and E-books