After SEE Portal

सिकाइ सबलीकरणका लागि  शिक्षणशैलिमा परिवर्तन आवश्यक

Bridge Course

विद्यालय शिक्षामा रुपान्तरण गर्न स्थानीय तहलाई थप जिम्मेवार बनाउदै शिक्षण सिकाइको शैलिमा नै परिवर्तन गर्न शिक्षाविद्ले सुझाएका छन् ।

बुधबार आयोजित एक कार्यक्रममा अन्तक्रियामा बोल्दै शिक्षा क्षेत्रका विज्ञले स्थानीय तहका जनप्रतिनिधिलाई भौतिक शैक्षिक पूर्वाधारमा सुधार गर्दै सिकाइ क्रियाकलापमा परिवर्तन गरेर शिक्षामा रुपान्तरण गर्न सुझाव दिएका हुन् ।

सो कार्यक्रममा सहभागी अधिकांश वक्ताले थरिथरिका शिक्षकलाई व्यवस्थापन गर्नुपर्ने, प्राविधिक जनशक्ति तयार गर्नुपर्ने, शिक्षकलाई सहयोगी कार्यकताको रुपमा विकास गर्नुपर्ने, दरबन्दी अपुग भएको ठाउमा दरबन्दी थप गर्नुपर्ने, शिक्षामा सरकारको लगानी बढाउनुपर्ने, प्राध्यापकलाई बढी जिम्मेवार बनाउनुपर्ने, अभिभावकलाई जागरुक बनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले शिक्षाको संरचना बदलेर शैक्षिक रुपान्तरण गर्न स्थानीय तह र सरकारको नेतृत्वको चिन्तनमा नै परिवर्तन गर्नुपर्ने बताए । उनले भने, ‘पाठ्यक्रममा पछिल्लो सन्दर्भलाई समाजसँग जोड्नुपर्छ । अहिलेको सन्दर्भ अनुसार शिक्षकलाई उपायोग गर्न सकिन्छ । विद्यार्थी शिक्षण सिकाइको शैलिमा नै परिवर्तन गर्नुपर्छ । शिक्षामा सुधार गर्न स्थानीय तहले विद्यालयलाई ‘मेन्टरिङ र मनिटरिङ’ गर्नुपर्छ । उनले व्यक्ति बदल्न नसकिने भएपनि गुणस्तरमा सुधार गर्दै विद्यालय शिक्षामा प्रविधि, पुस्तकालय, भौतिक पूर्वाधार, सिपलाई एउटा विद्यालयबाट अर्को विद्यालसँग साट्न सकिने बताए । ‘अन्तरविद्यालय, अन्तरपालिका भित्र त्यहाँ राम्रा विद्यालयले गरेको अभ्यास अन्य विद्यलायले सिक्न सक्छन् । गुणस्तरको मापदण्ड केलाई भन्ने रु अंग्रेजी भाषा बोल्न लेख्न जान्नु मात्रै शैक्षिक रुपान्तरण वा गुनासो हो रु अहिले संस्थागत र सामुदायिक विद्यालय विच साझेदारी मोडलबाट विद्यालय शिक्षालाई अघि बढाउन सकियो भने शिक्षामा रुपान्तरण संभव छ ।’ अहिले निजी शिक्षण संस्था सञ्चालकलाई शैक्षिक माफिया भन्ने अवस्था नभएको, निजी र सरकारीलाई मिलाएर अघि बढाउने सोचबाटै शिक्षामा परिवर्तन संभव हुने उनको भनाइ छ ।

‘अबको शिक्षा विद्यार्थीको क्षमता पहिचना गरेर सोहि अनुसार अघि बढ्न दिने, सृजनशिलताको विकास गर्न शिक्षकलाई केन्द्रित गर्न दिने हो भने विद्यार्थीले चाडै सिक्न सक्छ । उसले आफ्नो क्षमता प्रस्तुत गर्न सक्छ । यसका लागि स्थानीय तहले विद्यार्थीलाई सहयोग गर्नुपर्छ ’ कोइरालाले भने ।

त्यसैगरी स्थानीय तहले निजी र सामुदायिक विद्यालयमा शिक्षण सिकाइ अभ्यासलाई एक आपसमा साट्नेगरी अघि बढ्ने तर्फ शिक्षाविद् मेदिन लामिछानेले जोड दिए ।

कार्यक्रममा बोल्दै स्थानीय जनप्रतिनिधिलाई शिक्षाका मुदद्दामा जिम्मेवार बनाउन सके विद्यालय शिक्षामा रुपान्तरण गर्न सकिने बताए । उनले भने, ‘सामुदायिक विद्यालयमा अनलाइन प्रणालीको विकास र यसले शिक्षामा पार्ने प्रभावलाई थप प्रभावकारी बनाउन आवश्यक छ । प्राध्यापकले पाठ्क्रम अनुसार विद्यार्थीलाई सिकाउन सक्नुपर्छ । विद्यार्थीको नाम थाहा पाएर मात्र पुग्दैन उसको सिकाई क्षमतालाई पनि थाहा पाउन जरुरी हुन्छ । सोहि अनुसार नै शिक्षकले शिक्षण सिकाइ प्रक्रिया अघि बढाउनुपर्छ ।’

उनले अहिले पनि शिक्षण सिकाइमा समस्या भएको विषयलाई महत्व दिदैँ समस्या समाधान तर्फ स्थानीय तहको नेतृत्वको पनि ध्यान पुग्नुपर्ने तर्फ जोड दिए । ‘विद्यार्थीको सिकाइ क्षमता उसको अध्ययन क्षमतालाई शिक्षकले ध्यान दिनुपर्छ । विद्यार्थीको पूर्व ज्ञान क्षमता कस्तो छ भन्ने विषय पनि महत्वपूर्ण हो । जनप्रतिनिधिले पनि शिक्षालाई प्राथमिकतामा राख्ने हो भने शिक्षामा रुपान्तरण संभव छ ।’ शिक्षण सिकाइको शैलिमा परिवर्तन गरेर विद्यार्थीको आवश्यकतालाई ध्यान दिनसके शिक्षामा सुधार संभव भएको तर्क उनको छ । शिक्षविद् लामिछानेले सिकाइलाई कक्षा कोठा भन्दा बाहिर, पाठ्यपुस्तको परिधि भन्दा बाहिर सिकाइलाई वास्तविक जिवन र जगतसँग जोडेर शिक्षामा सुधार गर्न स्थानियतहलाई सुझाव दिएका छन् । ‘सिकाइलाई सृजना तथ्य र परिभाषमा मात्र सिमित गर्नु हुँदैन । कक्षा थप हुँदै जाँदा जिवनोपयोगि शिक्षा नै महत्वपूर्ण हुन्छ । त्यसैले अवधारणामा आधारित शिक्षालाई जोड दिदैँ लानुपर्छ । विद्यालयको संरचना विद्यार्थी मैत्री हुनुपर्छ । सिकाइमा समुदायलाई जोड्नुपर्छ । विद्यालय र समुदायको विचमा सकारात्मक सम्बन्धको विकास गर्नुपर्छ । अभिभावकको गुनासो पनि सुन्नुपर्छ । विद्यालयलाई समुदायले अपनत्व ग्रहण गर्नुपर्छ । अभिभावक मैत्री विद्यालय नै राम्रो विद्यालयको रुपमा अघि बढ्न सक्छ ।’

A Levels MA