SEE Result 2082

पाठ्यसामग्री दर्ता गराउन छुटेका प्रकाशकलाई तीन दिने अवसर

पाठ्यक्रम विकास केन्द्रले समयमै राजश्व बुझाएका तर पाठ्यसामाग्री दर्ता गर्न छुट भएका प्रकाशकलाई तीन दिन भित्र पाठ्यसामाग्री पेश गर्न सूचित गरेको छ ।

केन्द्रबाट स्वीकृति लिई पाठ्यसामाग्री दर्ता गरेका तथा तोकिएको समयमा राजश्व बुझाई पाठ्यसामग्री दर्ता गराउन नसकेका प्रकाशकहरुलाई अन्तिम पटक अवसर दिइएको हो ।

केन्द्रले आज एक सूचना जारी गरी जेठ १० गते देखि १२ गते भित्र कार्यलय समयमा राजश्व बुझाएको सक्कल भौचर र तयारी अवस्थामा रहेको पाठ्यसामाग्री तीन थान,लेखकको बायोडाटा ,योग्यताको प्रमाण पत्रको प्रतिलिपि र लेखकको स्वस्कृति पत्रको प्रतिलिपि साथै कर चुक्ता तथा कम्पनी दर्ताको प्रतिलिपि र निवेदनको साथमा समयमा पाठ्यसामाग्री पेश नगर्नुका कारण सहित पाठ्यसामाग्री दर्ता गर्न केन्द्रले सूचित गरेको छ ।

+2 School
Counseling
Bachelors Portal