After SEE Portal

महानगरका विद्यालयले जेठ मसान्तभित्र सबै वार्षिक परीक्षा सक्नुपर्ने

Bridge Course

काठमाडौं महानगरपालिकाले महानगरले जुनसुकै प्रक्रिया अपानाएर पनि जेठ मसान्त भित्र विद्यालयले  वार्षिक परीक्षा सक्नै पर्ने निर्देशन दिएको छ । महानगरले विद्यालय अनुकूल उपयुक्त मूल्याङ्कन प्रक्रिया अपनाइ विद्यार्थी मूल्याङ्कन गर्ने निर्देशन दिएको हो ।

 महानगरपालिका शिक्षा विभागले परीक्षा सञ्चालन, नतिजा प्रकाशन र नयाँ शैक्षिक सत्रको व्यवस्थापनका लागि यही जेठ २० गते भित्र चालु शैक्षिक सत्रको वार्षिक परीक्षा सकी मसान्तसम्ममा नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाले आफ्नो मातहतमा रहेका विद्यालयलाई शैक्षिक सत्र २०७७ को बार्षिक मूल्याङ्कन पाठ्यक्रमले व्यवस्था गरे बमोजिम विद्यालय अनुकूल उपयुक्त मूल्याकन प्रक्रिया (अनलाइन परीक्षा र अफलाइन परीक्षा, यसै शैक्षिक सत्रमा सञ्चालित त्रैमासिक परीक्षा, टेलिफान, निरन्तर विद्यार्थी मूल्यांकन, इमेलबाट प्रश्न पठाएर वा अन्य उपयुक्त ढाचा) अपनाइ निर्धारित समयमा मूल्यांकन गर्न विदालयले निर्देशन दिएको छ । महानगरले कक्षा आठको नगरस्तरीय परीक्षा भने यथाशिघ्र सूचना गरी सञ्चालन गर्ने जनाएको छ।

 

A Levels MA
Thuprai - Books and E-books