After SEE Portal

एसईई र कक्षा १२ को परीक्षा स्थगित

Bridge Course

गत २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा स्थगित गरिएको छ । परीक्षाका बारेमा निर्णय गर्न परीक्षा बोर्डको बैठक आज विहान ८ बजेबाट सुरु भएको थियो । 

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले अर्काे निर्णय नहुञ्जेलसम्मका लागि स्थगित गरिएको जानकारी दिए । एसईई आगामी जेठ १३ देखि २४ गतेसम्म र कक्षा १२ को परीक्षा आगामी जेठ २६ देखि असार ४ गतेसम्म सञ्चालन हुने गरी परीक्षा तालिका सार्वजनिक भइसकेको थियो ।

यो वर्ष ५ लाख १७ हजार ५६ विद्यार्थी जना विद्यार्थीले एसईई दिँदैछन् । परीक्षाका लागि प्रश्नपत्र छपाइको काम सकिएको छ । महामारीका कारण उत्पन्न समस्याले गर्दा एसईई स्थगित गरिएको बोर्डले जानकारी दियो । यसैगरी करिब ४ लाख परीक्षार्थी सहभागी हुने कक्षा १२ को परीक्षामा अनलाइनबाट परीक्षा केन्द्रमा प्रश्नपत्र पठाउने तयारी गरिएको भएपनि स्वास्थ्य जोखिमका कारण दुवै कक्षाको परीक्षा स्थगित गरिएको हो ।

यसैविच बोर्डले परीक्षाको विकल्पका बारेमा सुझाव संकलन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । सो समितिमा पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपाने, बोर्डका सदस्य सचिव दुर्गा अर्याल, बोर्डका सदस्य रविना महर्जन, दयामान कर्माचार्य लगायतको समितिले १५ दिन भित्र परीक्षाको विकल्प सहितको प्रतिवेदन बुझाउने गरी समिति गठन गरिएको बोर्डका अध्यक्ष प्रा.डा. पौडेलले जानकारी दिए ।

A Levels MA