कोभिड १९ को महामारीबाट सिर्जित शैक्षिक अवस्थाको स्तरोन्नतिका लागि जीवनोपयोगी शिक्षाका लागि पूर्वाधारमा लगानी गर्ने भएको छ । सरकारले संसद नभएका बेला अध्यादेशमार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट आर्थिक वर्ष २०७८-७९ को बजेट अध्यादेशमार्फत ल्याएको छ । सो बजेटमा शिक्षाको प्राथमिकताको क्षेत्रमा पूर्वाधार निर्माण भएको उल्लेख गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आजै बजेट अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ३ वटा अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश, विनियोजन अध्यादेश,राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ जारी गरेकी छिन् ।