After SEE Portal

सीटीइभीटीद्वारा ७ हजारलाई छात्रवृति प्रदान

Bridge Course

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) ले आ.. २०७६-७७ मा ७ हजार १४० जनालाई छात्रवृत्ति प्रदान गरेको छ । सीटीइभीटीको आगिंक र निजी संस्थाले लिने शुल्क बिश्लेषण गर्ने हो भने यो करिब १ अर्ब ५० करोड बराबरको छात्रवृति हो । सीटीइभीटीको गत फागुनमा प्रकाशित वार्षिक प्रतिवेदन २०७६÷७७ अनुसार प्राविधिक विषयका  विभिन्न समूहमा  अध्ययनरत विद्यार्थीलाई उक्त रुपियाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको हो ।

प्राविधिक शिक्षाका कार्यक्रमहरुमा पिछडिएका बर्ग, क्षेत्र र समुदायको पहुँच बृद्धि गर्ने उद्देश्यका साथ परिषद् कार्यालयले नेपाल सरकारको थप सहयोगमा विशेष छात्रवृत्तिको व्यवस्था गरी दलित, मुस्लिम, विपन्न, लोपोन्मुख, अल्पसंख्यक लगायत तोकेको लक्षित बर्गलाई निर्वाह भत्ता, यातायात र पोशाक खर्च समेतको व्यवस्था गरी निशुल्क प्रशिक्षणको व्यवस्था गर्दै आएको छ ।

सो अनुसार आ.व २०७६÷७७ मा डिप्लोमा तथा प्रमाणपत्र तहका विभिन्न सात वटा कार्यक्रममा २८० जना र प्रि–डिप्लोमा तहमा थप २८० जना गरी जम्मा ५६० जनाले विशेष छात्रवृत्ति प्राप्त गरी अध्ययनरत छन् भने हालसम्म परिषद्बाट ५ हजार ९९० जनाले यस प्रकारको छात्रवृत्ति प्राप्त गरिसकेका छन् । त्यसै गरी बर्गीकृत छात्रवृत्ति अन्तर्गत लक्षित बर्गमा अपाङ्ग, पूर्व कमैया÷हलिया, पिछडिएको दुर्गम क्षेत्र, दलित, महिला सूचिकृत आदिवासी–जनजाति र आर्थिक वा सामाजिक रुपमा विपन्न समूहका सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेकालाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । आ.. २०७६÷७७ मा यो छात्रवृत्ति पाउने विद्यार्थी ७,१४० रहेका छन् ।

छात्रवृत्ति पाउने विद्यार्थीले निःशुल्क प्राविधिक विषय अध्ययन गर्न पाउछन् । विद्यार्थी छनौट भइसकेको सीटीइभीटीले जनाएको छ । डिप्लोमा तहमा २ हजार ८ सय र १८ महिने टीएसएलसी तहको कार्यक्रम अध्ययन गर्न २ हजार २ सय २१ जनाले निःशुल्क अध्ययन गर्ने अवसर पाएका हुन् । डिप्लोमा तहको कार्यक्रम अध्धययन गर्न सरदर ३ लाख खर्च हुन्छ । टीएसएलसी तहको कार्यक्रम पढ्न सरदर १ लाख रुपैयाँ खर्च लाग्छ । ‘छात्रवृत्तिमा अध्ययन गर्न छनौट भएका विद्यार्थीले कुनै पनि शीर्षकमा शुल्क तिर्नु पर्दैन,’ सीटीइभीटीका सदस्य सचिव पुष्परमण वाग्लेले भने, ‘जेहेन्दार र न्यून आर्थिक अवस्था भएका परिवारले पनि प्राविधिक विषय अध्ययन गर्ने अवसर पाऊन् भन्ने हाम्रो लक्ष्य हो ।’

सीटीइभीटीेले कुनै कार्यक्रम अध्ययन गर्न २० वटा कोटा दिएको सस्थाले १ जना, ३० वटा कोेटा पाएकोले २ जना, ४० वटा कोटा पाएकोले ३ जना र ४८ वटा कोटा पाएकोले ४ जनालाई बर्गिकृत निःशुल्क छात्रवृत्तिमा पढाउनुपर्ने हुन्छ । छात्रवृत्तिको परीक्षामा प्राप्त नम्बरका आधारमा छात्रवृत्ति सिफारिस गर्ने गरिएको निर्देशक रमेश बखतीले बताए । सीटीइभीटीबाट सम्बन्धन पाएका निजी, साझेदारी, आगिंक, सामुदायिक विद्यायलले नै छात्रवृत्ति उपलब्ध गराउनुपर्ने हुन्छ । विश्वविद्यायल र विद्यालयमा विद्यार्थी भर्ना भएको संख्याका आधारमा छात्रवृत्ति पाउने विद्यार्थी संख्या निर्धारण गरिन्छ भने सीटीइभीटीमा भने विद्यार्थी भर्ना गर्न पाएको स्वीकृत कोटाकै आधारमा छात्रवृत्तिमा सिफारिस भएको विद्यार्थीलाई पढाउनु पर्ने हुन्छ । ४० जनाको स्वीकृत कोटामा १० जना मात्रै भर्ना भए पनि ३ जना बर्गिकृत छात्रवृत्ति दिनुपर्छ र १ जना जेहेन्दारलाई निःशुल्क पढाउनै पर्छ । सामुदायिक विद्यालयबाट एसईई दिएका विद्यार्थीलाई बिशेष प्राथमिकता दिएर छात्रवृत्ति उपलब्ध गराउने गरिएको छ । सीटीइभीटीले साधारण समूह, लक्षित वर्ग (अपाङग, पूर्व कमैया÷हलिया, पिछडिएको दुर्गम क्षेत्र, दलित, महिला, आदिबासी जनजाती) को कोटा समेत आक्षरण गरिएको हुन्छ । सीटीइभीटीले स्वीकृत कोटा अनुसार निर्धारण गरेको छात्रवृत्ति बाहेक प्रवेश परीक्षामा उत्कृष्ठ एक जनालाई पनि छात्रवृत्ति दिनुपर्ने नियम बनाएको छ ।

सीटीइभीटीका अनुसार यसवर्ष डिप्लो तहमा २८ हजार ९२ जनाले अध्ययन गर्न पाउने गरी कोटा निर्धारण गरिएको छ । प्राविधिक एसएलसी तहको कार्यक्रम अध्ययन गर्न २३ हजार १९६ कोटा स्वीकृत गरिएको छ । यो निजी, आंगिक, साझेदारी, सामुदायिक विद्यालयको कोटा हो । डिप्लोमा तहमा बर्गिकृत छात्रवृत्ति २ हजार १ सय ३ र प्राविधिक एसएलसीमा १ हजार ६ सय ३५ जनालाई प्रदान गरिएको छ । यस मध्ये जेहेन्दार छात्रवृत्ति डिप्लो तहमा ६ सय ९७ र प्राविधिक एसएलसी तहमा ५ सय ८६ जनाले पाएका छन् ।

सीटीइभीटीबाट छात्रवृत्ति पाएका विद्यार्थीले पढाई सकेपछि एक वर्ष काम गर्नुपर्ने गरी सम्झौता गराइन्छ । बिगतमा छात्रवृत्ति पाएका विद्यार्थीले काम गर्नु पर्दैनथ्यो । गत वर्षदेखि छात्रवृत्तिमा अध्ययन गर्न नाम निस्केर पढ्न जानुअघि सम्झौता गरिन्छ । सीटीइभीटीका सदस्य सचिव वाग्लेले भने, ‘बर्षिक २ हजार जनाले स्वंसेवकका रुपमा काम गरेपछि प्राविधिक जनशक्ति अभाव क्रमस कम हुनेछ ।’

सीटीइभीटीका अनुसार यसवर्ष डिप्लो तहमा २८ हजार ९२ जनाले अध्ययन गर्न पाउने गरी कोटा निर्धारण गरिएको छ । प्राविधिक एसएलसी तहको कार्यक्रम अध्ययन गर्न २३ हजार १९६ कोटा स्वीकृत गरिएको छ । यो निजी, आंगिक, साझेदारी, सामुदायिक विद्यालयको कोटा हो । डिप्लोमा तहमा बर्गिकृत छात्रवृत्ति २ हजार १ सय ३ र प्राविधिक एसएलसीमा १ हजार ६ सय ३५ जनालाई प्रदान गरिएको छ । यस मध्ये जेहेन्दार छात्रवृत्ति डिप्लो तहमा ६ सय ९७ र प्राविधिक एसएलसी तहमा ५ सय ८६ जनाले पाएका छन् ।

सीटीइभीटीबाट छात्रवृत्ति पाएका विद्यार्थीले पढाई सकेपछि एक वर्ष काम गर्नुपर्ने गरी सम्झौता गराइन्छ । बिगतमा छात्रवृत्ति पाएका विद्यार्थीले काम गर्नु पर्दैनथ्यो । गत वर्षदेखि छात्रवृत्तिमा अध्ययन गर्न नाम निस्केर पढ्न जानुअघि सम्झौता गरिन्छ । सीटीइभीटीका सदस्य सचिव वाग्लेले भने, ‘बर्षिक २ हजार जनाले स्वंसेवकका रुपमा काम गरेपछि प्राविधिक जनशक्ति अभाव क्रमस कम हुनेछ ।’

सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम

 

सामुदायिक विद्यालयमा रहेका भौतिक पूर्वाधार, जनशक्ति तथा प्रशासनिक संरचनाको उपयोग गरी प्राविधिक शिक्षाका कार्यक्रमहरुलाई सर्वसुलभ बनाउने उद्देश्यले सामुदायिक विद्यालयमा प्राविधिक विषयको पठनपाठन सुरु गरिएको हो । स्थानीय प्राविधिक शैक्षिक आवश्यकतालाई परिपुर्ति गरी लक्षित वर्गको पहँुच बढाउने भनदै विसं. २०५७ सालदेखि सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम सुरुवात गरिएको हो ।

सुरुका वर्षमा यस्ता विद्यालयमा प्राविधिक एसएलसी तहका कार्यक्रम मात्र सञ्चालन भएकोमा आर्थिक वर्ष २०६९÷७० बाट डिप्लोमा तथा प्रमाणपत्र तहका कार्यक्रम सञ्चालन गर्न थालिएको हो । हालसम्म सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत ५७२ वटा विद्यालय यो विषयको सञ्चालनमा रहेका छन् ।

निजी स्तरमा सञ्चालित प्राविधिक शिक्षा

परिषद्बाट सञ्चालित कार्यक्रमहरुको विकास र विस्तारका लागि निजी क्षेत्रलाई प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिममा सहभागिता गराउने नीति अनुरुप वि.सं. २०५१ सालदेखि परिषद्सँग सम्बन्धन स्वीकृति लिई निजी शिक्षण संस्थाहरु सञ्चालनमा आएको पाइन्छ । शुरुमा प्रि–डिप्लोमा तहका कार्यक्रम मात्र सम्बन्धन स्वीकृति दिइएकोमा वि.. २०५७ साल पछि प्रमाणपत्र तथा डिप्लोमा तहका कार्यक्रम पनि सम्बन्धन स्वीकृति दिन शुरु गरिएको हो । परिषद् अन्तर्गत हाल निजी स्तरमा सम्बन्धन स्वीकृत प्राप्त सस्थाहरु ४२९ वटा रहेका छन् ।

A Levels MA
Thuprai - Books and E-books