जाजरकोट भूकम्पले ९१ ओटा विद्यालयमा पूर्ण क्षति पुर्याएको छ । भूकम्पमा परी ९१ विद्यालयको ३६६ ओटा कक्षा कोठा ४३ ओट शौचालय, ११ वटा कम्प्युटर (आईसीटी) कक्षा पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।
त्यसैगरी एक पुस्तकालय, सात ओटा विद्यालयको घेराबारा र चार ओटा सोलार सिस्टममा पूर्ण क्षति पुगेको स्थानीय प्रहरीले जानकारी दियो । त्यसैगरी जिल्लाका १२२ विद्यालयका ४७६ कक्षा कोठामा आंशिक क्षति पुगेको छ भने ३५ ओटा शौचालयमा आंशिक क्षति पुगेको छ ।
भूकम्पमा परी जाजरकोटमा एक शिक्षक र ११ विद्यार्थीको मृत्यु भएको छ भने दुई शिक्षक र २० विद्यार्थी घाइते भएका छन् । तथ्यांक संकलनको काम भइरहेकाले थप विवरण आउने क्रममा रहेको प्रहरीले जनाएको छ ।
गत शुक्रबार राति गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी १५७ जनाको निधन भएको छ । २४६ जना घाइते भएका छन् ।