एल.आर.आई. स्कूल ८ औं अन्तर विद्यालय स्पोर्टस फेस्ट सम्पन्न

३०, कार्तिक २०७६, एल.आर.आई. स्कूल ८ औं स्पोर्टस फेस्ट बास्केटबल प्रतियोगिताको छात्र तर्फको उपाधी टि.आई. ए. स्कूलले जितेको छ । एल.आर.आई. स्कूलको खेल मैदानमा खेलिएको फाईनल खेलमा टि.आई. ए. स्कुलले रेडियन्टलाई ४७।४१ स्कोरले पराजित गर्दै उपाधी जितेको हो । निकै नै रोमान्चक प्रतिस्प्रधामा खेलको अन्तिम क्ष्ँणमा  टि.आ.ए.ले रेडियन्टलाई झिनो अन्तरले पराजित गर्न सफल भएको हो ।

त्यस्तै छात्रा तर्फको उपाधी  एल.आर.आई. स्कुलले जितेको छ । फाईनलमा एल.आर.आई. स्कूलले शोर्णिम स्कूलललाई  ३७।२२ फराकिलो स्कोरले  पराजित गर्दै उपाधी हात पारेको हो ।  एल.आर.आईले म्याचमा शुरुआत देखिनै अग्रता कायम गर्दै शोर्णिम माथि दबाब बनाएको थियो ।

प्रतियोगितामा छात्र तर्फको मोष्ट भ्यालुयबल खेलाडि एल.आर.आई. स्कूलकी सोनीया राना र छात्र तर्फ  टि.आई.ए.का सम्राट गुरुङ भएका थिए । उत्कृष्ठ खेलाडिलाई विशेष ट्रफि प्रदान गरिएको थियो ।  

प्रतियोगिताको अर्को विधा फुटसलको फाईनल उपाधी लिटिल एन्जल स्कूलले जितेको छ । फाईनलमा लिटिल एन्जलले, ग्रिनफिल्डलाई ६।३ गोल अन्तरले पाराजित गर्दै उपाधी जितेको हो । फुटसल तर्फको मोष्ट भ्यालुयबल खेलाडि लिटिल एन्जलका सुसान्त गुरुङ भएका थिए । 

प्रमुख अतिथि रुपक राजवंशीले विजेतालाई शिल्ड तथा पुरस्कार प्रदान गर्नु भयो । कार्यक्रममा बोल्दै राजवंशीले यस्ता प्रतियोगिताले अन्तर विद्यालयको आपसी सम्बन्ध थप मित्रवत हुने विश्वास व्यक्त गर्नु भयो ।

आयोजक एल.आर.आई.का संस्थापक शिव राज पन्तले विद्यार्थीहरु मानसिक र शारिरिक रुपमा तन्दुरुस्त हुन जरुरी भएकोले यस्ता प्रतियोगिताको निकै नै महत्व रहेको बताउनु भयो । उहांले विद्यार्थीहरु देशको भविष्य भएकाले खेलकुदको माध्यमवाट पनि विद्यार्थीले आफ्नो करियर मजबुत बनाउदै मुलुकलाई ठुलो योगदान दिन सक्ने बताउनु भयो । 

एल.आर.आई.का प्रिन्सिपल डा.देवकान्त जोशीले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिदै, अतिरिक्त क्रियाकलापहरु पाठ्यक्रमा समाबेश भएको वर्तमान शिक्षा प्रणालिलाई विद्यालयले थप शसक्त ढंङ्गवाट अगाडी बढाउने बताउनु भयो । डा. जोशीले यस्ता प्रतियोगिताले खेलाडीहरुमा सकारात्मक प्रतिस्प्रधाको भावना जगाउन निकै मद्दत पुग्ने तथा विद्यार्थीहरुको आत्मविश्वास तथा आत्मबल बढ्ने कुरामा जोड दिनु भयो ।