After SEE Portal

माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब मासिक ६८ हजार १४५ रुपियाँ (बढेको शिक्षक कर्मचारीका तलब सहित)

Bridge Course

अर्थ मन्त्रालयले राष्ट्रसेवक कर्मचारीको नयाँ तलवमान सार्वजनिक गरेको छ। सरकारले बजेट भाषणअनुसार नयाँ तलबमान लागू गरेको हो।सरकारले बजेटमा १५ प्रतिशत तलब बढाउने घोषणा गरेको थियो।  

बढेको तलब अनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको ६८ हजार १४५, द्वितीय श्रेणीका शिक्षकको ६१ हजार ७३७, तृतीय श्रेणीको ५५ हजार ३३७ रुपियाँ पुगेको छ । निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको मासिक तलब ९८ हजार ९४, द्वितीय श्रेणीका शिक्षकको ५५ हजार ३३७ र तृतीय श्रेणीका शिक्षकको ४३ हजार ९९४ रुपियाँ पुगेको छ ।

भने, प्राथमिक तहका प्रथम श्रेणी शिक्षकको तलब मासिक ५५ हजार ३३७, द्वितीय श्रेणीको ४३ हजार ९९४ र तृतीय श्रेणीका शिक्षकको तलब ४९ हजार ४८४ रुपियाँ पुगेको छ । मुख्य सचिव र नेपाली सेनाका प्रधानसेनापतिले मासिक ८२ हजार तीन सय ५९ रुपैयाँ पाउनेछन्।

यस्तै नेपाल प्रहरीका महानिरीक्षक र सशस्त्र प्रहरी बलका महानिरीक्षको तलब ७६ हजार आठ सय ८८ रुपियाँ पुगेको छ। 

बढेको शिक्षक कर्मचारीका तलब

A Levels MA
Thuprai - Books and E-books