रावाबेंसी गाउँपालिका–२ खार्पा स्थित रावा क्याम्पसले स्नातक तहमा अध्ययन गर्ने महिला र दलित विद्यार्थीलाई अध्ययन शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ ।
क्याम्पस व्यवस्थापन समितिको निर्णयअनुसार कलेजले महिला र दलित विद्यार्थीलाई छुट दिने निर्णय गरेको हो ।
क्याम्पसले चालु शैक्षिक सत्रदेखि उक्त निर्णय कार्यान्वयनमा ल्याएको क्याम्पस प्रमुख दीपक पोखरेलले जानकारी दिए । असोज २८ गतेको क्याम्पस सञ्चालक समितिको निर्णयले स्नातक तह शिक्षाशास्त्र संकायमा अध्ययनरत दलित र महिला विद्यार्थीलाई वार्षिक शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको हो । क्उाम्पसलेअन्य विद्यार्थीलाई पनि २५ प्रतिशत छुट दिने निर्णय गरेको हो । ‘अन्य विद्यार्थीलाई पनि २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । रावा क्याम्पसमा अध्ययनरत स्नातक तहका सबै विद्यार्थीले वर्षमा रु १० हजार शुल्क बुझाउनुपथ्र्यो । यस वर्षबाट महिला र दलित समुदायका विद्यार्थीले रु पाँच हजार र अन्य विद्यार्थीले रु सात हजार पाँच सय मात्र बुझाउनुपर्छ‘, उनले भने, ‘त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त रावा क्याम्पसमा शिक्षा शास्त्र सङ्कायमा स्नातक तहको पठनपाठन भइरहेको छ । क्याम्पस व्यवस्थापन समितिको यो निर्णयले विद्यार्थी उत्साहित भएका छन् ।’
क्याम्पस प्रमुख दीपक पोखरेलका अनुसार पोखरेलले बताए । ‘प्रतिविद्यार्थी १० हजार शुल्क लाग्थ्यो, अहिले पाँच हजारमात्र लाग्ने व्यवस्था गरिएको छ,’ पोखरेलले भने, ‘दलित, महिलालाई बाहेक अन्यलाई पनि २५ प्रतिशत छुट गरिएको छ ।’
विसं २०६५ मा स्थापना भएको रावा क्याम्पसमा खोटाङसहित छिमेकी जिल्ला ओखलढुङ्गाका विद्यार्थी अध्ययनरत छन् । क्याम्पसका लागि आवश्यक कक्षाकोठा र छात्राबासको भवन भारतीय दूतावासको आर्थिक सहयोगमा निर्माण गरिएको छ । शिक्षाशास्त्र विषयमा पठनपाठन भइरहेको रावा क्याम्पसमा पुस्तकालय, कम्प्युटर प्रयोगशालालगायत सुविधा रहेको जनाइएको छ ।